टीका लगाउन सर्वसाधारणको चहलपहल « Khabarhub

टीका लगाउन सर्वसाधारणको चहलपहल


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज घरमा मान्यजनको हातबाट टीका ग्रहण गरी आफन्त र मान्यजनबाट टीका, जमरा लगाई आशीर्वाद ग्रहण गर्न अन्यत्र जाने सर्वसाधारणको चहलपहल बढेको छ ।

काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरको मुख्य सडकहरूमा दसैँको टीका खुलेसँगै चहलपहल बढेको हो । दसैँको टीकाको दिन आज आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन आवतजावतको क्रम सुरु भएको छ ।

महानवमीका दिन सुनसानजस्तो देखिएको काठमाडौँमा दशमीका दिन सर्वसाधारणको आवतजावत बाक्लो भएको छ । सडकमा सार्वजनिक सवारी साधनहरू न्यून मात्रमा चलेका छन्भने निजी सवारीको चाप बढी देखिन्छ । नेपाल प्रहरीले दसैँको अवसरमा सुविधा तथा सहज आवतजावतका लागि दुईवटा निःशुल्क बस सेवासमेत सञ्चालन गरिरहेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा सर्वसाधारणको चहलपहलसँगै दुईपाङ्ग्रे सवारी र चारपाङ्ग्रे सवारीको चाप बढ्न थालेको छ । ट्राफिक व्यवस्थापनमा समस्या नभएको र कुनै प्रकारको अप्रिय दुर्घटना नभएको प्रहरी नायब उपरीक्षक एवं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रबिन कार्कीले जानकारी दिए ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने बताइएको छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । नेपालका केही भागमा भने कुल, परम्पराअनुसार आज मात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ४ : ३२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका