विजयादशमीमा पनि रोकिएन बागमती सफाइ महाअभियान | Khabarhub Khabarhub

विजयादशमीमा पनि रोकिएन बागमती सफाइ महाअभियान


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बडादसैँको दशमीका दिनमा पनि बागमती सफाइ महाअभियानले निरन्तरता पाएको छ । प्रत्येक हप्ताको शनिबार स्वयंसेवी रुपमा बागमती सफाइ हुँदै आएको छ ।

बागमती सफाइ महाअभियानको ५९६औँ हप्तामा आज तिलगङ्गास्थित वाग्मती किनारमा सफाइ गरिएको अभियानकर्मी डा माला खरेलले राससलाई जानकारी दिए। बिहान ७ देखि ९ बजेसम्म १० जना सफाइ अभियानकर्मीले १० बोरा फोहर व्यवस्थापन गरेको जानकारी उनले दिए। अभियानकर्मीले उठाएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्ने गरेको छ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर रुपमा हुँदै आएको छ । बागमती सफाइ महाअभियानले नागरिकमा सफाइ जागरण फैलाउन सहयोग गरेको छ । स्थानीय सरकारको असहयोगले सफाइमा आशातीत सफलता भने हासिल हुन नसकेको अभियानकर्मीको भनाइ छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ५ : १२ बजे

संविधान दिवसमा टेलिकमको अफरै अफर : कसरी लिने सुविधा ?

काठमाडौं – संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

एसिया कप : पाकिस्तान सुपर फोरमा, यूएई समूह चरणबाट बाहिरियो

काठमाडौं – पाकिस्तान एसिया कप क्रिकेटको सुपर फोरमा पुगेको छ

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज २ गते बिहीबार। आश्विन

आज २०८२ साल असोज २ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज २ गते बिहीबार। आश्विन