दक्षिण भारतमा रेल दुर्घटना हुँदा १९ जना घाइते | Khabarhub Khabarhub

दक्षिण भारतमा रेल दुर्घटना हुँदा १९ जना घाइते


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको तमिलनाडु राज्यमा यात्रुवाहक रेल र पार्क गरिएको मालवाहक रेलबीचको दुर्घटनामा कम्तीमा सात यात्रु घाइते भएका छन् ।

दुर्घटना तमिलनाडुको राजधानी चेन्नईमा शुक्रबार साँझ भएको थियो । रेलको एक अधिकारीले भन्नुभयो, “यात्रुवाहक रेल ७५ किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको थियो । यो मालगाडीसँग ठोक्कियो र रेलको एक कोचमा पनि आगो लागेको थियो ।”

रेलवे अधिकारीहरूका अनुसार रेल मुख्य लाइन हुँदै जानुपर्ने थियो, तर लुप लाइनमा छिरेको थियो । रेलवेका वरिष्ठ अधिकारी आरएन सिंहले भन्नुभयो,“ दुर्घटनामा कुनै पनि व्यक्तिको ज्यान गुमेको छैन् । सात देखि आठ जना यात्रु मात्र घाइते भएका छन् । घाइते सबै जनालाई अस्पताल भर्ना गरिएको छ ।”

साथै उहाँले थप्नुभयो,“ उक्त रुटमा रेल यातायात सुचारु हुन अबको २४ घण्टा लाग्नेछ ।” दुर्घटनामा घाइते हुनेको सङ्ख्या १९ जना पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अधिकारीहरुका अनुसार दुर्घटनाको समयमा यात्रुवाहक रेलमा एक हजार ३६० जना सवार थिए । जुनमा, पश्चिम बङ्गालमा एउटा मालगाडी रेलको पछाडिको भागमा ठोक्किएर कम्तिमा १५ जनाको मृत्यु र ६० जना घाइते भएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ६ : ३८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका