‘तेल भिसा’ : दोहोरो भूमिकाका लागि विपिनले दोब्बरै पारिश्रमिक लिए ? « Khabarhub

‘तेल भिसा’ : दोहोरो भूमिकाका लागि विपिनले दोब्बरै पारिश्रमिक लिए ?


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेता विपिन कार्कीको विशेषता हो– चरित्र निर्माण । हरेक फिल्ममा भिन्न चरित्र विकास गर्ने भएकाले उनलाई दर्शकले पनि रुचाएका छन् । अभिनयमा पनि उनी अब्बल मानिन्छन् ।

विपिनको पारश्रमिक चर्चा भने कमै हुन्छ । तर, उनी मोटो पारिश्रमिक लिने अभिनेता हुन् । सिनेवृतमा उनले एक फिल्मका लागि ५० लाखभन्दा बढी पारिश्रमिक लिन्छन् भन्ने चर्चा हुने गरेको छ ।

यसबारेमा विपिनले सार्वजनिकरुपमा बोलेका छैनन् । उनले नबोलेपछि यो कुरा अहिलेलाई चर्चामै सीमित भयो ।

विपिन अभिनित फिल्म ‘तेल भिसा’ मंसिर ७ बाट प्रदर्शनमा आउँदैछ । यस फिल्ममा उनी दोहोरो भूमिकामा छन् । फिल्ममा बुवा–छोराको भूमिका विपिन एक्लैले निर्वाह गरेका छन् ।

यस फिल्ममा पनि उनको चरित्र निर्माणको खुबीले प्रशंसा पाएको छ । गत शुक्रबार सार्वजनिक ट्रेलरको युट्युब कमेन्टबाट उक्त कुरा स्पष्ट हुन्छ ।

यो पनि…

वर्षा किन गरिरहन्छिन् ‘आमा’को भूमिका ?

यस फिल्मलाई लिएर सिनेवृतमा विपिनको अर्को चर्चा छ । त्यो हो– उनले दोहोरो भूमिका लागि दोहोरो पारिश्रमिक लिएका छन् रे ! अर्थात् यस फिल्ममा ‘दोहोरो भूमिकाका लागि उनले दुई फिल्ममा लिने पारिश्रमिक एकैबाट लिएका हुन् रे !’

नायक विपिन कार्की र नायिका ऋचा घिमिरे ।  घिमिरे फिल्म ‘तेल भिसा’को  निर्मातसमेत हुन् ।

‘तेल भिसा’ निर्माण पक्षले सोमबार हात्तिसारमा गरेको पत्रकार सम्मेलनमा विपिनसामु नै यो प्रसंगले चर्चा पायो । दोहोरो पारिश्रमिक लिएकै हो त ? भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘दोहोरो चरित्रका लागि दोहोरै पारिश्रमिक त लिएको होइन । बरु दोहोरो चरित्र निर्वाह गर्दा दुई फिल्ममा काम गरेको जस्तो चाहिँ महसुस भयो ।’

यो चर्चा असत्य हो भन्ने स्पष्ट पार्न विपिनले फिल्ममा अनुबन्ध भएपछि मात्रै दोहोरो चरित्र निर्वाह गर्ने थाहा पाएको सुनाए ।

उनले फिल्मकी निर्मातासमेत रहेकी नायिका ऋचालाई समेत यसबारे बोल्न लगाए । ऋचाले पनि विपिनको जवाफमा समर्थन जनाउँदै भनिन्, ‘दोहोरो पारिश्रमिक त लिनुभएको होइन तर उहाँ योग्य चाहिँ हुनुहुन्छ ।’

यो पनि…

‘तेल भिसा’का निर्देशकको प्रष्टीकरण : फिल्मको संवाद भाइरल टिकटकसँग मिल्नु संयोग

‘तेल भिसा’का निर्देशकको प्रष्टीकरण : फिल्मको संवाद भाइरल टिकटकसँग मिल्नु संयोग

यही बेला ऋचाले विपिनको तारिफमा केही शब्दसमेत खर्चिइन् । छायाङ्कनस्थलमा विपिनको व्यवहार सहज भएकाले काम गर्न सहज भएको सुनाइन् ।

ऋचाले अगाडि भनिन्, ‘उहाँले सेटमा स्टारडमवाला व्यवहार हामीलाई काम गर्न गाह्रो हुने थियो । त्यहाँ तालिका नै त्यस्तै थियो । उहाँ काम गर्न एकदमै सहज लाग्यो । अभिनय र व्यवहार हेर्दा उहाँ एउटा फिल्मका लागि एक करोड पारिश्रमिकको योग्य हुनुहुन्छ ।’

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ८ : ०१ बजे

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम

टुँडिखेलमा संविधान दिवस

काठमाडौं- नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन,

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी-दरवाङ सडकअन्तर्गत