इजरायल आक्रमणको मारमा सिरियाली नागरिक « Khabarhub

इजरायल आक्रमणको मारमा सिरियाली नागरिक


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सिरिया – हमास र हिजबुल्लाहसँग एकै पटक युद्ध गरिरहेको इजरायली आक्रमणको असर सिरियामा धेरै पर्न थालेको छ। लगातार दुई दिन उत्तरी लेबनानमा हवाई आक्रमण जारी छ।

सिरियाको सीमामा भएको सो आक्रमणका कारण धेरै सिरियालीहरू पनि घाइते भएको अनुमान गरिएको छ। केही वर्षदेखि सिरियाली शरणार्थी त्यहाँ बसोबास गरी रहेका छन्।

इजरायलले सुरुवातमै आक्रमण गरेको दक्षिणी लेबनान र बेक्का उपत्यकाबाट भागेर शरण खोजन आएकाहरू पनि उत्तरी लेबनानमा नै छन्। उत्तरी लेबनानमा भएको आक्रमणका कारण उनीहरू असुरक्षित रहेको जनाइएको छ।

यो समस्या बढी रहेको समयमा साउदी युवराजले इजरायल गाजा र लेबनानमा युद्ध विराम आवश्यक रहेको बताएका छन्।

साउदी अरेबियाको राजधानी रियादमा भएको अरब इस्लामिक सम्मेलनमा तत्काल इजरायलले प्यालेस्टाइनका अधीनस्थ क्षेत्र छाड्नुपर्ने तथा युद्ध विराम गर्नुपर्ने कुरामा जोड दिइएको छ। साउदी युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा सो सम्मेलन भएको हो।

संयुक्त राष्ट्र संघले पनि प्यालेस्टाइनमा धेरै जना गिरफ्तार लगायत अन्य धेरै मानवता विरोधी कार्य भएकोमा यसलाई तत्काल रोक्न इजरायललाई भनेको छ। ५ र ६ नोभेम्बरका दिन हात बाँधेर र आँखामा पट्टी बाँधेर २० प्यालेस्टाइनीलाई पानी र खाना समेत नदिएर ५ देखि १९ घण्टासम्म राखिएको थियो। यी नै मध्यका ९ जना घाइते समेत भएका थिए। यसैगरी ३१ अक्टोबरका दिन हेब्रनमा ३५ प्यालेस्टाइनीलाई गिरफ्तार गरिएको थियो।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ९ : ०५ बजे

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन

रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

काठमाडौं – ​भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

सिरहा – सिरहा प्रहरीले आठ ग्राम ८० मिलीग्राम अवैध लागुऔषध

काभ्रे बस दुर्घटना : मृतक ८ मध्ये ४ जनाको पहिचान खुल्यो

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका–७ स्थित बुचाकोटमा शुक्रबार भएको बस

सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले ‘सेवा