सार्वजनिक सेवा सुधार प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री कँडेल | Khabarhub Khabarhub

सार्वजनिक सेवा सुधार प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री कँडेल


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सार्वजनिक सेवा सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् ।

दैलेखका जनप्रतिनिधि र कर्मचारीसँग छलफल गर्न आज दैलेख पुगेका मुख्यमन्त्री कँडेलले पत्रकारसँगको भेटघाटका क्रममा सेवा प्रवाह पारदर्शी, छरितो र प्रभावकारी हुन सकेमात्र नागरिकलाई राज्य छ भन्ने अनुभूति हुने बताए।

जनचेतनाको अभावमा हाल कर्णालीमा सवारी दुर्घटनाबाट जनधनको ठूलो क्षति भएको बताउँदै उनले चेतनास्तर उकास्न आवश्यक रहेको जनाए । 

आगामी वर्षबाट विधिसम्मत योजना निर्माण, प्रभावकारी कार्यान्वयन र पारदर्शिता, अलपत्र योजनालाई समयमा सम्पन्न गर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो । जनअपेक्षा अनुसार कतिपय काम गर्न नसकिएको स्वीकार्दै उनले सामाजिक सञ्जालमा आएका कुराबाट धारणा बनाउनु नहुने बताए। 

उनले भने, ‘मैले मेरो दायित्व पूरा गर्नुपर्छ । सेवा प्रदायकले अतिरिक्त शुल्क नलिइ काम गर्नुस् । सकारात्मक काममा सबैले सहयोग गरौँ । विकास निर्माणमा नागरिकदेखि नीतिगत तहसम्म ऐक्यबद्धता आवश्यक छ ।’ 

पेट्रोलियम पदार्थ उत्खनन हुँदै गरेको दैलेखमा तत्काल भण्डारण र प्रशोधनको तहमा काम गरिहाल्नु जरुरी नरहेको उल्लेख गर्दै उनले अनुमान गरे अनुसार पेट्रोलियम पदार्थ फेला परेमा दैलेखसहित सिङ्गो कर्णालीको अर्थतन्त्र र विकासमा ठूलो टेवा पुग्ने बताए।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १२ : ३५ बजे

पूर्व महान्यायाधिवक्ता संग्रौलाकाे प्रश्न– ‘के संविधान खारेज गर्नु उचित हुन्छ ?’

काठमाडौं– अन्तर्राष्ट्रिय कानूनका जानकार एवं पूर्व महान्यायाधिवक्ता प्राध्यापक डा. युवराज संग्रौलाले

कालीगण्डकी करिडोर सडक अवरुद्ध

गुल्मी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी

मुस्ताङमा ‘हाइब्रिड’ स्याउ उत्पादनमा वृद्धि

मुस्ताङ– मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ

त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन

कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ

बागलुङ– जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४