सार्वजनिक सेवा सुधार प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री कँडेल « Khabarhub

सार्वजनिक सेवा सुधार प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री कँडेल


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सार्वजनिक सेवा सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् ।

दैलेखका जनप्रतिनिधि र कर्मचारीसँग छलफल गर्न आज दैलेख पुगेका मुख्यमन्त्री कँडेलले पत्रकारसँगको भेटघाटका क्रममा सेवा प्रवाह पारदर्शी, छरितो र प्रभावकारी हुन सकेमात्र नागरिकलाई राज्य छ भन्ने अनुभूति हुने बताए।

जनचेतनाको अभावमा हाल कर्णालीमा सवारी दुर्घटनाबाट जनधनको ठूलो क्षति भएको बताउँदै उनले चेतनास्तर उकास्न आवश्यक रहेको जनाए । 

आगामी वर्षबाट विधिसम्मत योजना निर्माण, प्रभावकारी कार्यान्वयन र पारदर्शिता, अलपत्र योजनालाई समयमा सम्पन्न गर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो । जनअपेक्षा अनुसार कतिपय काम गर्न नसकिएको स्वीकार्दै उनले सामाजिक सञ्जालमा आएका कुराबाट धारणा बनाउनु नहुने बताए। 

उनले भने, ‘मैले मेरो दायित्व पूरा गर्नुपर्छ । सेवा प्रदायकले अतिरिक्त शुल्क नलिइ काम गर्नुस् । सकारात्मक काममा सबैले सहयोग गरौँ । विकास निर्माणमा नागरिकदेखि नीतिगत तहसम्म ऐक्यबद्धता आवश्यक छ ।’ 

पेट्रोलियम पदार्थ उत्खनन हुँदै गरेको दैलेखमा तत्काल भण्डारण र प्रशोधनको तहमा काम गरिहाल्नु जरुरी नरहेको उल्लेख गर्दै उनले अनुमान गरे अनुसार पेट्रोलियम पदार्थ फेला परेमा दैलेखसहित सिङ्गो कर्णालीको अर्थतन्त्र र विकासमा ठूलो टेवा पुग्ने बताए।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १२ : ३५ बजे

अनुपम फुडल्याण्डका सञ्चालक कृष्ण पौडेल पक्राउ

काठमाडौं – अनुपम फुडल्याण्डका सञ्चालक कृष्ण पौडेल पक्राउ परेका छन् । प्रहरी

प्रतिनिधिसभाबाट चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौं– प्रतिनिधिसभाले चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने

गाउँभर जमिनमा धाँजा फाट्यो, जोखिममा बस्ती (तस्बिरहरू)

काठमाडौं– निरन्तरको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका–६, ठूलो ज्यामिरेलगायत क्षेत्रमा जमिन

४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र पेश

अझै निकाल्न नसकिएको राइनो क्रुज

चितवन– नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बगाएको