जापानले ३० को दशकमा सबै नयाँ कार जैविक इन्धनयुक्त बनाउने « Khabarhub

जापानले ३० को दशकमा सबै नयाँ कार जैविक इन्धनयुक्त बनाउने


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानले सन् २०३० को दशकको सुरुमा सबै नयाँ यात्रुवाहक कारलाई जैविक इन्धनयुक्त बनाउन कार निर्माताहरूलाई प्रोत्साहित गर्ने योजना अघि सारेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उद्योग मन्त्रालयले उपसमितिको बैठकमा सार्वजनिक गरेको नयाँ लक्ष्यले तेल थोक बिक्रेताहरूलाई आर्थिक वर्ष २०३० सम्ममा १० प्रतिशतसम्म बायोएथेनोल मिश्रित पेट्रोल आपूर्ति सुरु गर्न आग्रह गर्ने लक्ष्य राखेको छ। मन्त्रालयले यो परिवर्तनलाई कानुनमार्फत अनिवार्य बनाउनेबारे पनि सोचिरहेको बताइएको छ ।

‘यसबाहेक, मन्त्रालयले अर्को ग्रीष्मऋतुसम्ममा अन्तिम रूप दिने अपेक्षा गरिएको एक कार्य योजना तयार गरिरहेको छ र बायोएथेनोल–मिश्रित इन्धनहरू समायोजित गर्न ग्याँस स्टेसनहरूमा आवश्यक तयारीका लागि सहयोग गर्नेछ,’ रिपोर्टमा भनिएको छ ।

मकै र उखुबाट बनेको बायोएथेनोलले प्रकाश संश्लेषणको क्रममा कार्बन डाइअक्साइड सोस्छ ।

यो प्राकृतिक प्रक्रियाले बायोएथेनोल–मिश्रित इन्धन जलाउँदा उत्पन्न कार्बन डाइअक्साइड उत्सर्जनलाई नियन्त्रण गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ५ : ४३ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी