कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन | Khabarhub Khabarhub

कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं कुलेखानी जलविद्युत् केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण कुलेखानी जलविद्युत् केन्द्रको ड्यामको ढोका खोल्दा तल्लो तटीय क्षेत्रमा क्षति पुगेपछि ऊर्जामन्त्री खड्काले गत असोज २२ गते अध्ययन समिति गठन गरेका थिए।

उक्त समितिले १५ दिन लगाएर स्थलगत अध्ययन तथा छानबिन गरी उक्त प्रतिवेदन आज बुझाएको हो । विद्युत् विकास विभागका उपमहानिर्देशक गोकर्णराज पन्थको संयोजकत्वमा गठित उक्त समितिले तल्लो तटीय क्षेत्रमा भएको क्षतिको विषयमा स्थलगत निरीक्षण गरी क्षतिको विवरण संकलन गरिएको समितिले जनाएको छ । 

कुलेखानी ड्यामको ढोका मापदण्डअनुसार खोलिएको नखोलिएको विषयमा विस्तृत रुपमा अध्ययन गरी भविष्यमा हुने क्षति न्यूनीकरण गर्ने विषयमा सुझाव दिइएको समितिका सदस्य–सचिव एवम् मन्त्रालयका उपसचिव शालिग्राम भण्डारीले जानकारी दिए।

 

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  २ : २४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका