भैरहवास्थित सरकारी वकिलकहाँ रविको बयान « Khabarhub

भैरहवास्थित सरकारी वकिलकहाँ रविको बयान


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा बयानका लागि भैरहवा पुर्‍याइएको छ ।

पोखराबाट श्रीएयरलाइन्सको जहाजमा भैरहवा झारेलगत्तै उनलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो । अहिले त्यहाँ सुप्रिम सहकारीको बचत हिनामिनाबारेमा रविको  बयान लिने काम भइरहेको छ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा जिल्ला अदालत रुपन्देहीले रविविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको देखिएपछि उनलाई त्यहाँ पनि अनुसन्धानका लागि लगिएको हो ।
आज रुपन्देहीमा बयान नसकिए उनलाई त्यही राखेर भोलि पनि बयान लिने प्रहरीको तयारी छ । यता रास्वपाले रुपन्देहीमा प्रदर्शन जारी राखेको छ ।

त्यसपछि २६ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले भैरहवा लगेको हो ।

भैरहवामा आजै बयान नसकिए रविलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  २ : ४७ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित