११.२४ अंकले घट्यो नेप्से, १५७ कम्पनीको शेयर मूल्यमा गिरावट « Khabarhub

११.२४ अंकले घट्यो नेप्से, १५७ कम्पनीको शेयर मूल्यमा गिरावट


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ ।  आज नेप्सेमा ११.२४ अंकको गिरावट आएर २७४८.९६ बिन्दुमा पुगेको हो । 

आजको कारोबारमा नेप्सेमा २४४ वटा कम्पनीको कारोबार हुँदा १५७ वटा कम्पनीको शेयर मूल्यमा घटेको छ । त्यस्तै, नेप्सेमा १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँ बराबरमा कारोबार भएको छ ।

जसमा ८० वटा कम्पनीको  शेयर मूल्य वृद्धि भएको छ भने ७ वटा कम्पनीको शेयर मूल्य भने हिजोकै अवस्थामा रह्यो ।

आज नेप्सेमा भएको शेयर कारोबारमा वित्तीय क्षेत्र, निर्जीवन बीमा र व्यापार समूहको शेयर मूल्य बढ्यो भने अन्य समूहको शेयर सूचक रातो भएको छ । त्यस्तै, आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै आम्दानी गरे भने गुडविल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ३ : १८ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति