रसुवा सुक्खा बन्दरगाह : ६५ प्रतिशत निर्माण कार्य सम्पन्न | Khabarhub Khabarhub

रसुवा सुक्खा बन्दरगाह : ६५ प्रतिशत निर्माण कार्य सम्पन्न


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चीनसँग सीमा जोडिएको नेपालको उत्तरी नाका रसुवा जिल्लाको टिमुरेमा निर्माणधीन रसुवा सुक्खा बन्दरगाह ६५ प्रतिशत निर्माण भएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणधीन सुक्खा बन्दरगाह निर्माण कार्य तीव्र रुपमा अघि बढेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार, हालसम्म सुक्खा बन्दरगाह निर्माणको काम ६५ प्रतिशत सकिएको र आउँदो २०८२ असार मसान्तसम्म सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको हो । अहिले मध्ये भोटेकोशी खोलातर्फ र सडक तर्फको निर्माण कार्य सम्पन्न  भैसकेको छ । 

सडक निर्माण, कार्गो गोदाम, लिटिगेशन गोदाम र इन्सपेक्सन सेडको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको गजुरेलले बताए । उनका अनुसार, प्रशासनिक भवनको  निर्माण कार्य पनि ५० प्रतिशत सकिएको छ । हाल इलेक्ट्रिकल, सेनिटरी, खानेपानी तथा पेभमेन्टको काम भइरहेको उनले बताए । रसुवा सुक्खा बन्दरगाहको बाँकी निर्माण कार्य आउँदो २०८२ असार मसान्तसम्ममा सम्पन्न भइसक्ने उनको भनाइ छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीन सरकार वीच १६ अक्टुवर, २०१४ मा अर्थ मन्त्रालयसँग १० अप्रिल, २०१५ मा हस्ताक्षर भएको थियो । 

रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिका–१ टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माण गर्न वि.सं २०७६ बैशाख २९  मा चीन सरकार र नेपाल सरकारबीच हस्ताक्षर भएको थियो भने उक्त सुक्खा बन्दरगाह निर्माणको लागि मिति २०७९ फागुन २ गते पूरक सम्झौता भएको थियो ।

जसअनुसार, आयोजनाको कुल लागत १२४ मिलियन आर.एम.वि रहेको छ । करार सम्झौता अनुसार आयोजनाको अवधि मिति २०८२ जेठ २४ ९६ जुन, २०२५० सम्म रहेको छ । यस सुक्खा बन्दरगाह कूल ५०,९०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । 

सुक्खा बन्दरगाह क्षेत्रमा संयुक्त निरीक्षण सेड, सामान राख्ने गोदाम, लिटिगेशन सेड, क्यान्टिन, प्रशासनिक भवन, ३०० सवारी साधन अट्ने पार्किङ लगायतका भौतिक संरचनाहरूको निर्माण भइरहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ५ : १६ बजे

पूर्वसभामुख महराविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुँदै

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्ण बहादुर

विपिनको आत्मालाई शान्ति मिलोस् : इजरायली पूर्व राजदूत हानान

काठमाडौं– नेपालका लागि इजरायली पूर्व राजदूत हानान गोदारले हमासको अपहरणमा

सर्वोच्चमा आजदेखि रिट निवेदन दर्ता पुनः सुरु हुने

काठमाडौं– गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट सर्वोच्च

अर्थमन्त्री खनालबाट अमेरिकी चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन

वाशिङटन डिसी– विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा

मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन

इलाम– मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि