बयानपछि बार्दलीबाट रविले भने- खोरमा थुँनिदैमा बाघ स्याल हुँदैन « Khabarhub

बयानपछि बार्दलीबाट रविले भने- खोरमा थुँनिदैमा बाघ स्याल हुँदैन


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- सहकारी संस्थाको बचत ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएका छन् ।

बिहान ११ बजे कास्कीबाट श्रीएयरलाइन्सको जहाजमार्फत भैरहवा ल्याइएका उनीसँग करिब घण्टा लामो बयान सरकारी वकिलले लिएका छन् ।

बयानपछि उनलाई साँझ साढे ५ बजे जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राख्न लगिएको छ ।

उनले बयानपछि सरकारी वकिलको कार्यालयको बार्दलीबाट समर्थक र पत्रकारहरूतिर फर्किएर छोटो टिप्पणी गर्न भ्याए ।

सरकारी वकिलसँग बयानपछि बार्दलीबाट भ्यानतर्फ झार्ने क्रममा उनलाई समर्थकहरूले ‘रवि दाइ डन्ट ओरी’ भन्दै हौसला दिए। रविले पनि बार्दलीबाट थम्स अप गर्न भ्याए ।

त्यसपछि उनले बार्दलीबाट झर्नै लाग्दा दबिएको स्वरमा भने, ‘खोरमा थुँनिदैमा बाघ स्याल हुँदैन ।’ रविले बोल्न भ्याएपछि अत्तालिएका प्रहरी अधिकारीले उनलाई तत्कालै ठेल्दै भ्यानतिर लिएर गए । यसअघि पोखरामा पनि उनले अदालत परिसरमा बोल्दा विवाद भएको थियो।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ५ : ५५ बजे

देश बनाउन श्रमदान आवश्यक : हर्कराज राई

धरान (सुनसरी)- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा