१० औँ ओभरको समाप्तिमा विराटनगरले तीन विकेट गुमायो « Khabarhub

१० औँ ओभरको समाप्तिमा विराटनगरले तीन विकेट गुमायो


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार बिहानको खेलको १० औं ओभरको समाप्तिमा विराटनगरले तीन विकेट गुमाएको छ।

पोखराका सागर ढकालको बलमा विराटनगरका ओपनर न्युजिल्याण्डका मार्टिन गप्टिल पाँच रन बनाएर आउट भए । १४ बलको सामना गरेका गप्टिललाई ढकालले ४ ओभर तीन बलमा आउट गरेका हुन् ।

त्यसैगरी दोस्रो विकेटको रुपमा आक्रामक ब्याट्सम्यान लोकेश बम आउट भएका हुन् । रेमन रेफको बलमा लोकेश क्याच आउट भएका हुन् । १६ बल खेलेका लोकेशले दुई चौका र दुई छक्काको मद्दतमा २६ रन बनाएका थिए ।

तेस्रो विकेटको रुपमा विराटनगरले नरेन भट्टलाई गुमायो । ७.१ ओभरमा दिनेश खरेलको बलमा भट्ट सागर ढकालबाट क्याचआउट भएका हुन् । ११ बलको सामना गरेका उनले ४ रन मात्र जोडेका थिए ।

विराटनगर अहिले तीन विकेटको क्षतिमा ६१ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ९ : ४७ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज