म्यानचेस्टर सिटीको खराब यात्रा जारी | Khabarhub Khabarhub

म्यानचेस्टर सिटीको खराब यात्रा जारी


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिप क्लब म्यानचेस्टर सिटीको र खराब सिजन अझै कायम छ । युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्सँग सिटी २-० ले पराजित भयो।

युभेन्ट्सका डुसान भ्लाहोभिक र वेस्टन म्याककेनीले गोल गरे। सो हारपछि सिटीको शीर्ष ८ मा रहँदै सिधै दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना सकिएको छ। नवौँ देखि २४ औं स्थानमा रहँदै प्लेअफको सम्भावनामा समेत शङ्का उत्पन्न भएको छ।

दुई खेल बाँकी रहँदा सिटी ८ अङ्कसहित २२ औं स्थानमा छ। सबै प्रतियोगितामा गरी पछिल्ला १० खेलमा १ जित हात पारेको सिटीले यस बिचमा नौ हारको सामना गरेको छ। सिटीले च्याम्पियन्स लिगका बाँकी खेलमा पेरिस सेन्ट जर्मन र ब्रुगसँग खेल्ने छ। सिटीको युभेन्ट्ससँगको खेल पनि अन्डर पार नै थियो।

युरोपेली च्याम्पियन्स लिगको बुधवार नै भएको खेलमा एट्लेटिको म्याड्रिडले स्लोभान ब्राटिस्लाभलाई ३-१ ले हरायो। सो खेलमा विजयी टोलीका लागि एन्टेनियो ग्रिजम्यानले दुई गोल गरे। अर्को गोल जुलियन अल्भाराजले गरे।

एसी मिलानले पनि रेड स्टार बेलग्रेडलाई २१ ले हरायो। एसी मिलानलाई जित दिलाउने क्रममा राफेल लियो र टेडी अब्राहमले गोल गरे। बेनफिका र बोलाग्ना बिचको खेलमा गोलरहित बराबरी भयो। यसैगरी, फियुनार्डले स्पर्टा प्रागलाई ४-२ ले हरायो। स्टुगार्टले यङ ब्वाइजलाई ५-१ ले हरायो।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १० : ०१ बजे

पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न

गण्डकी – पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ ।

पोखरामा भोलिदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता

कास्की – पोखरा रङ्गशालामा भोलिदेखि सुरु हुने पाँचौँ संस्करणको ‘टाइगर

सत्तामा रहँदा हामीले गल्ती गरेका छैनौँ : प्रचण्ड

दाङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

नेपाल कबड्डी लिग : विराटनगर ब्यान्डिट्स विजयी

काठमाडौं – हिमालयन रेइडर्सलाई पराजित गर्दै विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी

सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन

भक्तपुर – सूर्यविनायक नगरपालिकाले कार्यालय सञ्चालन गर्न सुविधा सम्पन्न भवन