विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य « Khabarhub

एनपीएल क्रिकेट

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको छ ।

विराटनगरका लागि स्कट एडवार्डस्ले सर्वाधिक ४५ रन बनाए । यस्तै, लोकेश बमले २६, बासिर अहमद २१ र निकोलस किर्तनले १९ रन जोडे ।

पोखराका सागर ढकाल र राइमन रिफरले दुई–दुई तथा कुशल भुर्तेल र दिनेश खरेलले एक–एक विकेट लिए ।

जारी लिगमा विराटनगर र पोखराले अहिलेसम्म समान चार–चार खेल खेलेका छन् जसमा दुवैले एकमा जित र एकमा हार बेहोरेका छन् ।

विराटनगर जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्ससँग पराजित भएको थियो भने लुम्बिनी लायन्समाथि जित निकालेको थियो ।

यस्तै, पोखराले चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्ससँग हार बेहोरेको थियो भने लुम्बिनी लायन्सलाई हराएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १० : ३० बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई