खुल्यो कमलादीमा भासिएको सडक, अब सवारी एकतर्फी (तस्बिरहरू) « Khabarhub

खुल्यो कमलादीमा भासिएको सडक, अब सवारी एकतर्फी (तस्बिरहरू)


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानीको कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि भासिएको सडक पुनर्निर्माणपछि सञ्चालनमा आएको छ ।

गत साउन २५ गते दरबारमार्गस्थित महेन्द्र शालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्ड भासिएको थियो ।

भासिएर टुकुचा खोला नै देखिएको उक्त सडक तीन महिनामा निर्माण पूरा भएको हो । सडक भासिँदा देखिएको टुकुचालाई छोपेर नै पुन:र्निर्माण गरिएको उक्त सडक बिहीबारदेखि खुलाइएको हो ।

लगातार पानी पर्दा ११ मिटर लम्बाइमा पूरै कर्ल्भट भत्किएर सडकमा भ्वाङ परेको थियो । यो सडकखण्ड काठमाडौं महानगरपालिका १ र २८ नम्बर वडाको सीमामा पर्छ।

भ्वाङ परेको ठाउँमा तोकिएकै समयमा निर्माण सकिएपछि खुलाइएको सडक डिभिजन काठमाडौंका डिभिजन प्रमुख नारायणदत्त भण्डारीले बताएका छन् ।

यससँगै बिहीबार बिहानदेखि सडक सुचारू गरिएको सडक डिभिजन काठमाडौंले गरेको छ ।

भासिएको सडक असोज १८ मा निर्माण सम्झौता गरी मंसिर १७ मा निर्माण सम्पन्न गर्ने उद्देश्य थियो । त्यहीअनुसार निर्माणले गति लिँदा अब बुधबार दिनभरमा निर्माण सकेर बिहीबार बिहानदेखि गाडी खुलाइएको हो ।

भासिएको सडकमा बक्स कल्भर्ट निर्माण गरेर आजदेखि प्रयोगमा ल्याइएको छ । पुनर्निमित सडकमा आयोजित एक कार्यक्रमकाबीच रिबन काटेर सडक खोलिएको हो ।

४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न भई उद्घाटन गरिएपछि सुचारू गरिएको हो । सडक भासिनुपूर्व एकतर्फी बनाइएको यो सडक अब सुचारू भएसँगै ट्राफिक एकतर्फी नै चलाइनेछ ।

पहिला जस्तै अबउप्रान्त दरबार मार्ग महेन्द्र सालिकबाट सवारीहरू कमलपोखरीतिर मात्रै जान पाउनेछन् । यससँगै प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशथान हुँदै घण्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ ।

तस्बिरहरु – नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ११ : ११ बजे

चेतनाको अभाव र गरिबीले थला परेको मर्चवारमा आँखाको ज्योति

भैरहवा –सदरमुकाम भैरहवाबाट नजिकै भएर पनि सेवासुविधाको पहुँचबाट टाढा रहेको

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

काठमाडौं – ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन

बार्सिलोनाले रियल बेटिसमाथि गर्यो पाँच गोल, टोरेसको ह्याट्रिक

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

भारतको एक नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु

गोवा – भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३

एनपीएलः लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर भिड्दै

काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो