सुपर ओभरमा पोखराले पराजित गर्‍यो विराटनगरलाई « Khabarhub

सुपर ओभरमा पोखराले पराजित गर्‍यो विराटनगरलाई


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको सुपर ओभरमा पुगेको खेलमा विराटनगरविरुद्ध पोखरा एभेन्जर्स विजयी भएको छ । जारी एनपीएलमा सुपर ओभरमा पुगेको यो पहिलो खेल हो ।

पहिलो पटक बराबरी खेलेका यी दुई टीमबीचको हारजितको छिनोफानो हुँदा पोखराका रायमोन रिफायरले सुपर ओभरबाट जित दिलाएका हुन् ।

सुपर ओभरका लागि पोखरा पहिला ब्याटिङमा उत्रिएको थियो । ५ बल खेलेका रेमन रिफर एक चौका र दुई छक्का प्रहार गरे । पोखराका अर्का ब्याटरले एन्ड्रिज गौसले १ बलमा १ रन जोडे । सुपर ओभरमा विराटनगरका कप्तान सन्दीप लामिछानेले विकेट लिन सकेनन् ।

उनले सुपर ओभर बलिङमा आएका विराटनगर किङ्सका सन्दीप लामिछानेलाई चुटे । उनले सन्दीपलाई पहिलो र दोस्रो बलमा छक्का हाने।

त्यसपछि तेस्रो बलमा रन नलिएका उनले चौथोमा चौका तथा पाँचौँ र छैटौँमा १/१ रनसहित जम्मा १८ रन बनाउन सफल भए ।

सुपरओभरमा १८ रनको लक्ष्य विराटनगर किङ्सले पूरा गर्न सकेन ।

तस्बिर : चिरायु शाक्य

विराटनगरका लागि मार्टिन गप्टिल र निकोलाश किर्टनले सुपर ओभरको तीन बलमा तीन रन मात्रै हाने । चौथो बल डट रहँदा पाँचौँ बलमा १ रन आयो । छैटौँ बल वाइड हुँदा विराटनगरले थप एक रन जोड्यो । अन्तिम बलमा १ रन मात्रै ल्याएपछि पोखराले सुपरओभरमा विराटनगरलाई हराउन सफल भयो ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन जोडेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३९ रन जोडेको थियो । यो एनपीएलको पहिलो टाइ म्याच सुपरओभरमा जाँदा पोखराले बाजी मारेको हो ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १२ : ३७ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम