सुपर ओभरमा पोखराले पराजित गर्‍यो विराटनगरलाई « Khabarhub

सुपर ओभरमा पोखराले पराजित गर्‍यो विराटनगरलाई


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको सुपर ओभरमा पुगेको खेलमा विराटनगरविरुद्ध पोखरा एभेन्जर्स विजयी भएको छ । जारी एनपीएलमा सुपर ओभरमा पुगेको यो पहिलो खेल हो ।

पहिलो पटक बराबरी खेलेका यी दुई टीमबीचको हारजितको छिनोफानो हुँदा पोखराका रायमोन रिफायरले सुपर ओभरबाट जित दिलाएका हुन् ।

सुपर ओभरका लागि पोखरा पहिला ब्याटिङमा उत्रिएको थियो । ५ बल खेलेका रेमन रिफर एक चौका र दुई छक्का प्रहार गरे । पोखराका अर्का ब्याटरले एन्ड्रिज गौसले १ बलमा १ रन जोडे । सुपर ओभरमा विराटनगरका कप्तान सन्दीप लामिछानेले विकेट लिन सकेनन् ।

उनले सुपर ओभर बलिङमा आएका विराटनगर किङ्सका सन्दीप लामिछानेलाई चुटे । उनले सन्दीपलाई पहिलो र दोस्रो बलमा छक्का हाने।

त्यसपछि तेस्रो बलमा रन नलिएका उनले चौथोमा चौका तथा पाँचौँ र छैटौँमा १/१ रनसहित जम्मा १८ रन बनाउन सफल भए ।

सुपरओभरमा १८ रनको लक्ष्य विराटनगर किङ्सले पूरा गर्न सकेन ।

तस्बिर : चिरायु शाक्य

विराटनगरका लागि मार्टिन गप्टिल र निकोलाश किर्टनले सुपर ओभरको तीन बलमा तीन रन मात्रै हाने । चौथो बल डट रहँदा पाँचौँ बलमा १ रन आयो । छैटौँ बल वाइड हुँदा विराटनगरले थप एक रन जोड्यो । अन्तिम बलमा १ रन मात्रै ल्याएपछि पोखराले सुपरओभरमा विराटनगरलाई हराउन सफल भयो ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन जोडेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३९ रन जोडेको थियो । यो एनपीएलको पहिलो टाइ म्याच सुपरओभरमा जाँदा पोखराले बाजी मारेको हो ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १२ : ३७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना