जनकपुरविरुद्ध सुरुमै लड्खडायो काठमाडौं, लगालग गुमायो चार विकेट | Khabarhub Khabarhub

जनकपुरविरुद्ध सुरुमै लड्खडायो काठमाडौं, लगालग गुमायो चार विकेट


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बिहीबारको जनकपुर बोल्ट्सविरुद्धको खेलमा काठमाडौं गुर्खाज सुरुमै लड्खडाएको छ ।

६ ओभरको ४ बलमै ४८ रनको दयनीय अवस्थामा काठमाडौंले ४ विकेट गुमाएको हो ।

काठमाडौंका ओपनर स्टिफन एस्किनाजी र अर्का खेलाडी सुमित महर्जनलाई सुदूरपश्चिमका बलर ललित राजवंशीले सस्तैमा आउट गराए ।

स्टिफन २ चौकासहयोगमा १९ बलमा १७ रन जोड्दा ललितको एलबीडब्ल्यू धरापमा परेर विकेट गुमाए । सुमित ललितको बल सामना गर्ने क्रममा अनिल शाहमार्फत् क्याट आउट भए ।

सुमितले ३ बल सामाना गर्दा रनको खाता खोल्न सकेनन् ।

भीम सार्की ११ बल खर्चेर ४ रनको अवस्थमा आउट भए । त्यस्तै, अर्का ओपनर माइकल लिभर्टले पनि दोहोरो रन बनाउन सकेनन् । १ चौकाको सहयोगमा ६ बलमा ८ रन बनाएर उनी आउट भएका हुन् ।

११ ओभरमा खेल पुग्दा काठमाडौं ४ विकेटको क्षतिमा ५७ रनको दयनीय अवस्थामा छ ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १ : ५७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’