दक्षिण कोरियाली राष्ट्रपतिमाथि दोस्रो पटक महाअभियोग प्रस्ताव दर्ता | Khabarhub Khabarhub

दक्षिण कोरियाली राष्ट्रपतिमाथि दोस्रो पटक महाअभियोग प्रस्ताव दर्ता


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाका विपक्षी दलहरूले मार्शल ललाई लिएर राष्ट्रपति युनलाई महाभियोग लगाउन नयाँ प्रस्ताव पेस गरेका छन् । दक्षिण कोरियाको संसदका ६ विपक्षी दलले राष्ट्रपति युन सुक येओललाई मार्शल लको घोषणा गरेकोमा महाभियोग लगाउन फेरी नयाँ संयुक्त प्रस्ताव पेस गरेका हुन् ।

कोरियाको संसदमा बिहीबार दिउँसो प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी र ५  साना विपक्षी दलले संयुक्त रूपमा महाभियोग प्रस्ताव पेस गरेका हुन् । बिपक्षी दलले सम्भवतः शनिवार नै महाअभियोग प्रस्तावलाई मतदानमा लैजाने जनाएका छन् । युनको डिसेम्बर ३ मा लगाएको ‘मार्शल ल घोषणा’ले त्यहाँको राजनीतिमा अराजकता र ठूला विरोध प्रदर्शन भइरहेका छन् ।

गत साता पनि उनी माथी महाअभियोग प्रस्ताव दर्ता भएको थियो । तर, विपक्षीलाई आवश्यक पर्ने ८ मत अपुग भए पछि सो महाअभियोग संसदवाट पारित हुन सकेको थिएन ।

यो पटक महाअभियोगमा सत्तारूढ दलका सांसदले पनि मतदान गर्ने विपक्षीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ३ : ३३ बजे

दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन

काठमाडौं – सामाखुसी यातायात प्रालिले रु १० करोड ३० लाख

प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं – भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देललाई

आजका समाचार : रविको हिरासत बसाइ लम्बियो, दूर्गा प्रसाईंलाई ४० हजार धरौटी

काठमाडौं– आज दिनभरका ताजा समाचारहरुमा दुर्गा प्रसाई र रवि लामिछानेको

अमेरिकी डलर देखाई साढे छ लाख ठगी गर्ने दुई पक्राउ

काठमाडौं – प्रहरीले अमेरिकी डलर देखाई प्रलोभनमा पारी रकम ठगी

‘कांग्रेस–कम्युनिस्ट बिहे हुँदैनथ्यो, कार्यक्रममा टाउको फुट्थ्यो’

काठमाडौं– रोल्पा जिल्ला माओवादी जनयुद्धको उद्गमस्थल हो । माओवादी नेताहरु