वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही « Khabarhub

वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वायु प्रदूषणको असरले मानवीय, जैविक र पारिस्थितिक प्रणालीलाई ठूलो प्रभाव पार्ने भएकाले यसको न्यूनीकरण र नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा आज आयोजित वातावरणीय मानव अधिकार रक्षकको दोस्रो सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण बढ्दै गएको वायु प्रदूषण तथा त्यसको स्रोत पहिचान गरी कार्वन उत्सर्जनमा कमी ल्याउनका लागि थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

वायु प्रदूषणले समुदायमा परेको असर न्यूनीकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताउँदै मन्त्री शाहीले यसलाई न्यूनीकरण गर्न हरियाली विकास, विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्नुपर्नेमा जोड दिए । वन र वातावरणलाई जनताको आयस्तरमा जोडेर मुलुकमा समृद्धि कायम गर्न सकिने उनले भनाइ थियो ।

न्यायाधीश सपना मल्ल प्रधानले स्वच्छ वातावरणको अधिकारलाई मौलिक हकमा व्यवस्था गरिएकाले वातावरणीय न्यायका लागि कार्य गर्नुपर्ने बताए । वातावरणविद् भूषण तुलाधरले पछिल्लो समय बढ्दै गएकोवायु प्रदूषण तथा त्यसले समाजमा पारेका असरबारे जानकारी गराए ।

मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले वायु प्रदूषणका नीतिगत सुधारको आवश्यक रहेको बताउँदै विकास र वातावरण नागरिकको हितमा हुने गरी सन्तुलित रुपमा लैजानुपर्ने बताए । उक्त कार्यक्रममा वन तथा वातावरण संरक्षण क्षेत्रका विज्ञ, सरसफाइ क्षेत्रका कर्मचारी, अधिकारकर्मी वातावरणीय पिडित लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ९ : ११ बजे

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान