शिख धर्म ग्रन्थको अपमान गर्ने पाकिस्तानीलाई अस्ट्रेलियाद्वारा देश निकाला « Khabarhub

शिख धर्म ग्रन्थको अपमान गर्ने पाकिस्तानीलाई अस्ट्रेलियाद्वारा देश निकाला


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिख धर्मको पवित्र ग्रन्थको अपमान गरेको भन्दै अस्ट्रेलियाले एक जना पाकिस्तानी नागरिकलाई देश निकाला गरेको छ ।

शिख धर्मको पवित्र ग्रन्थ गुटखा साहिबको अपमान गरेको भन्दै अस्ट्रेलियाले २१ वर्षीय पाकिस्तानी नागरिक खिजर हयातको भिसा रद्द गरी देश निकाला गरेको हो ।

द अस्ट्रेलिया टुडेका अनुसार उनले अस्ट्रेलियाको पर्थ शहरमा रहेको क्यानिङ भेल गुरुद्वारा अगाडि उक्त ग्रन्थ भुईँमा फालेर खुट्टाले कुल्चेको, पाना च्यातेको, शौचालयमा फ्याँकेको र जलाएको भिडियो टिकटकमा अपलोड गरेका थिए । उनको यस कार्यविरुद्ध मेलबर्न शहरमा प्रदर्शनसमेत आयोजना गरिएको थियो ।

पछि उनीविरुद्ध अर्माडेल मजिस्ट्रेट अदालतमा मुद्दासमेत चलाइएको थियो । उक्त मुद्दामा दोषी ठहर भएपछि उनको भिसा रद्द गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ९ : ५७ बजे

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई

आज राष्ट्रिय धान दिवस, रोपाइँ गरेर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप

देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै