अदालतमा रविले भने : पहिल्यै लेखिएको ‘स्कृप्ट’मा छायांकन भइरहेको छ « Khabarhub

अदालतमा रविले भने : पहिल्यै लेखिएको ‘स्कृप्ट’मा छायांकन भइरहेको छ


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले संसदीय छानविन विशेष समितिको प्रतिवेदनमा आफ्नो संलग्नता पुष्टि हुने कुनै आधार र प्रमाण नभएको दाबी गरेका छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा बयान दिने क्रममा रविले समितिको प्रतिवेदनमा आफ्नाविरुद्ध कुनै प्रमाण नभएको दाबी गरेका हुन् ।

उनले भने, ‘ फिल्मको ‘स्कृप्ट’ भन्छन् नि श्रीमान, जुन पहिल्यै तयार गरिन्छ र त्यसैअनुसार छायांकन गरिन्छ। मेरो हकमा अदालतको प्रकृयाबाहेक पहिल्यै लेखिएको ‘स्कृप्ट’ अहिले छायांकन भइरहेको छ। संसदीय छानिबन विशेष समितिको प्रतिवेदनमा टेकेर मविरुद्ध अनुसन्धान गरिएको हो भनिएको छ। जबकी, समितिको प्रतिवेदनको पृष्ठ ४४९ मा सहकारीको बचत अपचलनमा मेरो संलग्नता पुष्टि हुने आधार र प्रमाण पाइएन भनिएको छ।’

साथै उनले समितिका सभापति सुर्य थापाले लेखेको स्कृप्टका आधारमा आफूविरुद्ध षडयन्त्र भइरहेको बताए । रविले थापाले लेखेको स्कृप्टमा छायांकन भइरहेको र अहिले मध्यान्तर हुन लागेको उल्लेख गरेका थिए ।

‘विशेष समितिको सभापतित्व गर्नुहुने माननीयले प्रतिवेदन आएपछि सायद कुनै मिडियालाई अन्तरवार्ता दिन छुटाउनु भएको छैन’ उहाँले हर अन्तरवार्तामा प्रतिवेदनले नभनेका कुरा दावी गर्दै ‘यो गरिन्छ–त्यो गरिन्छ’ भन्नु भयो। रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मात्र होइन अरू कसुरमा पनि अनुसन्धान हुन्छ, मुद्दा चल्छ भन्नुभयो। एउटा जिल्लामा मात्र होइन विभिन्न जिल्लामा लगिन्छु भन्नुभयो। अनुसन्धान गरेर प्रतिवेदन ल्याउने संसदीय विशेष समितिको सभापतिले नै सिर्जना गरिदिएको ‘प्लट’मा नै अहिले छायांकन भइरहेको हो कि श्रीमान ?’ उनले भने ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १० : २८ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको