तराईमा हुस्सु लाग्ने, हिमाली क्षेत्रमा हिमपात हुने | Khabarhub Khabarhub

तराईमा हुस्सु लाग्ने, हिमाली क्षेत्रमा हिमपात हुने


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

आज राती भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ५६ मिनेट र सूर्यास्त साँझ ५ बजेर २९ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : ११ बजे

गृहमन्त्री लेखक र चीनका राजदूतबीच भेट, दुई देशको सम्बन्धबारे छलफल

काठमाडौं– गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चीनका राजदूत चेन सङले

विधायन व्यवस्थापन समितिमा सांसद श्रेष्ठ मनोनीत

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा नियमावलीको

शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडौँ : शिक्षामन्त्री भट्टराई

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र सञ्चारलाई

सहकारीको अवस्थाबारे छलफल

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले

त्रिशूलीमा हराएका बस र यात्रुको खोजी जारी 

काठमडौं– गृह मन्त्रालयले चितवनको सिमलतालबाट बेपत्ता भएका दुईवटा बस र