प्रधानमन्त्री कपमा मधेश प्रदेशको विजयी सुरुवात « Khabarhub

प्रधानमन्त्री कपमा मधेश प्रदेशको विजयी सुरुवात


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ ।

शनिबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशी प्रदेशले दिएको १२८ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २०.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । मधेशको जितमा अनिल शाहले सर्वाधिक ८८ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले ४१ ओभरमा अल आउट हुँदै १२७ रन मात्र बनाएको थियो ।

अब मधेश प्रदेशले अर्को खेल सोमबार टियु मैदानमा त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ भने कोशी प्रदेशले सोमबार मूलपानी क्रिकेट मैदानमा एपीएफ क्लबसँग खेल्ने छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  २ : ४४ बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य