काठमाडौंमा मनाइयो भुवो पर्व « Khabarhub

काठमाडौंमा मनाइयो भुवो पर्व


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुरामा मनाइने कौरब र पाण्डवको कथामा आधारित सांस्कृतिक पर्व भुवो काठमाडौंमा पनि मनाइएको छ । 

शनिबार काठमाडौंको भृकुटिमण्डपमा दमाहा बाजाका साथ युवाले हातमा ढाल तरबार समातेर भुवो पर्व मनाएका हुन् । 

खेतीपातीको काम सकेर यहाँका स्थानीय बासिन्दा फुर्सदिला भएको समयमा खेलिने यो पर्व वीरताको गातामा आधारित छ । यो पर्वलाई विशेष गरी बाजुरा, बझाङ,  अछाम र डोटी जिल्लामा विशेष पर्वका रूपमा मनाइने प्रचलन पुस्तौँदेखि अहिलेसम्म रहँदै आएको छ ।

यस वर्ष भने काठमाडौँमा बसोबास गर्दै आएकाहरू भृकुटिमण्डपमा भेला भएर ढाल, तरबार तथा लाठी खेलाएर नाचेका थिए । त्रेतायुगमा पाण्डव कौरवबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले खुसियाली मनाइएको दिनमा यो पर्व मनाइने किम्वदन्ती रहेको बाजुराका अफिलाल जोशीले बताए ।

पुस महिनाको चतुर्दशी अर्थात् औँसीको अघिल्लो रातबाट काठको मुढो बालेर सुरु गरिने यो भुवो पर्वलाई अहिलेका युवापुस्ताले पनि दौरा सुरुवालको पोसाकमा ढाल, तरबार तथा लाठी खेलाएर नाच्ने प्रचलन छ ।  बाजुरा जिल्लाको हिमाली स्वामिकार्तिक, जगनाथ , बुढीनन्दा , बडिमालिका , गौमुल , बुढीगङ्गा , त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकालगायतका विभिन्न ठाउँमा यो पर्वलाई विशेष रुपमा मनाइने प्रचलन छ । 

यही पर्वलाई अवसरको रूपमा पारेर कामको सिलसिला विदेश गएका आफन्तजनसमेत यो पर्व मनाउन घरमा आएर भुवो खेलेर रमाउने गरेको गरेका छन् । 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : ०६ बजे

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ