राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यतालाई रुसले समर्थन गर्ने | Khabarhub Khabarhub

राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यतालाई रुसले समर्थन गर्ने


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- रुसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यतालाई समर्थन गर्ने भएको छ । भारतका लागि रुसी राजदूत डेनिस अलिपोभले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यतालाई स्वीकार गर्न आफ्नो मुलुक तयार रहेको जनाएका हुन् ।

यसबारे दुबै देशका विदेशमन्त्रीहरुबीच गत डिसेम्बरमा छलफल भएकोसमेत जानकारी दिए । ‘राष्ट्रसंघको सुरक्षा परिषदमा स्थायी सदस्य बन्ने भारतको अधिकारलाई रुस पूर्ण समर्थन गर्छ ।’ अलिपोभलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

अन्तर्राष्ट्रिय मामिलामा भारतले स्वतन्त्र र तटस्थ अडान लिने गरेको उनको भनाइ छ । उनले सन् २०२३ मा भारत र रुसबीचको सम्बन्ध अझ सुमधुर भएको उनले बताए ।

हालै भारतीय विदेशमन्त्री एस जयशंकरले रुसको भ्रमण गरी समकक्षी सर्गेई लाभ्रोभ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ७ : ५७ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास