राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यतालाई रुसले समर्थन गर्ने « Khabarhub

राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यतालाई रुसले समर्थन गर्ने


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- रुसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यतालाई समर्थन गर्ने भएको छ । भारतका लागि रुसी राजदूत डेनिस अलिपोभले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यतालाई स्वीकार गर्न आफ्नो मुलुक तयार रहेको जनाएका हुन् ।

यसबारे दुबै देशका विदेशमन्त्रीहरुबीच गत डिसेम्बरमा छलफल भएकोसमेत जानकारी दिए । ‘राष्ट्रसंघको सुरक्षा परिषदमा स्थायी सदस्य बन्ने भारतको अधिकारलाई रुस पूर्ण समर्थन गर्छ ।’ अलिपोभलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

अन्तर्राष्ट्रिय मामिलामा भारतले स्वतन्त्र र तटस्थ अडान लिने गरेको उनको भनाइ छ । उनले सन् २०२३ मा भारत र रुसबीचको सम्बन्ध अझ सुमधुर भएको उनले बताए ।

हालै भारतीय विदेशमन्त्री एस जयशंकरले रुसको भ्रमण गरी समकक्षी सर्गेई लाभ्रोभ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ७ : ५७ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको