वात्सल्यका ब्राण्ड ऐम्बेस्डरमा प्रियंका, आयुष्मान र आयांका « Khabarhub

वात्सल्यका ब्राण्ड ऐम्बेस्डरमा प्रियंका, आयुष्मान र आयांका


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  वात्सल्य नेचुरल आई भी एफ ले आफ्नो ब्राण्ड ऐम्बेस्डरको रुपमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र तिनका सुपुत्री आयांकालाई संयुक्त रुपमा नियुक्त गरेको छ ।

वात्सल्यको नारायणचौर स्थित क्लिनिकमा भएको एक कार्यक्रममा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम नायिका प्रियंका कार्की, आयुष्मान देशराज र आयांकाले नि:सन्तानसँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न रहने छन् ।

वात्सल्य क्लिनिकका संस्थापक तथा प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले ब्राण्ड एम्बेस्डरको रुपमा तीनै जनालाई संयुक्त रुपमा लिन पाउँदा खुशी व्यक्त गर्दै निःसन्तान सम्बन्धि कुण्ठालाई उनीहरु मार्फत थप प्रभावकारी रुपमा जागरुकता फैलाउन सक्नेमा आफू आशावादी रहेको बताएका छन्  ।

अभिनेत्री कार्की आफ्नो खुला सोच र धारणाका कारण धेरै महिलाहरुको लागि अनुकरणीय बनेको र स्पष्ट वक्ता भएको कारण उनको प्राभाव नयाँ पुस्तामा गहिरो रहने तथ्य नकार्न नसकिने साथै हालै मातृत्व र पितृत्व भूमिका निभाउँदै गरेका यस दम्पतीले सन्तान प्राप्तिको अनुभवलाई राम्ररी उजागर गर्न सक्नेमा पनि आफू विश्वसित रहेको सुवेदीले जनाएका छन् ।

वात्सल्यले आई भी एफ का साथै आई यू आई, ओभुलेसन इन्डक्सन, फर्टिलिटि फ्रिजिंग, प्रसुती पुर्वको सम्पूर्ण जाँच जस्ता प्रजनन सम्बन्धि विभिन्न आधुनिक सेवा प्रदान गर्छ ।

 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १२ : २८ बजे

रास्वपाको उद्घोष सभापछि यस्तो देखियो कार्यक्रमस्थल (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषाको जनकपुरमा परिवर्तन उद्घोष

धमाधम कांग्रेसको टिकट बाँड्दै गगन, कस-कसले पाए उम्मेदवारी पत्र ?

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले

मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थायित्वका लागि सबै

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको मिनीबस ट्रकसँग ठोक्किँदा १२ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रीकाको जोहानेसबर्ग स्थित एक स्कुलका विद्यार्थीहरू बोकेको मिनीबस

माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन

पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतले यही माघ २० गते भित्र