झापाको ‘फेवाताल’मा बढ्यो पर्यटकीय आकर्षण | Khabarhub Khabarhub

झापाको ‘फेवाताल’मा बढ्यो पर्यटकीय आकर्षण


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिका– १३ स्थित हातेमालो सामुदायिक वनले निचाझोडा सिमसार क्षेत्रलाई व्यवस्थित गरेर निर्माण गरेको तालमा पर्यटकीय आकर्षण बढेको छ ।

प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर सामुदायिक वनको बीचमा निर्माण गरिएको उक्त ताललाई ‘फेवाताल’ नामकरण गरिएको छ । सामुदायिक वनको तीन सय ९० हेक्टर वन क्षेत्रमध्ये सिमसार र खाली रहेको ३२ बिघा जग्गामा  पर्यटकीय क्षेत्र निर्माण भएको हो । यसमध्ये २० बिघाभन्दा बढी क्षेत्रफलमा ताल रहेको छ ।

पर्यटकको मनोरञ्जनका लागि तालमा छवटा डुङ्गा सञ्चालन गरिएको छ । यस क्षेत्रमा आउने अधिकांश पर्यटकले डुङ्गा शयर गर्ने हुँदा सामुदायिक वनको आम्दानीको स्रोत बढेको वन समितिका अध्यक्ष चन्द्र सिग्देलले बताए । वरिपरि सालको जङ्गल भएको हुँदा तालको वातावरण प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ ।

यहाँ वनभोजसहित अवलोकन गर्ने आन्तरिक र विदेशी पर्यटक बढ्ने क्रम छ । यस वर्षको माघ महिनामा ५२ हजार आन्तरिक र विदेशी पर्यटकको आगमन भएको समितिले जनाएको छ ।

यस क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनाअनुरूप विभिन्न संरचना निर्माण गरिएको उनले बताए  आन्तरिक पर्यटकको ओइरो लाग्न थालेपछि साना पसल र खाजाघरहरूको सङ्ख्या पनि बढेको छ । जसबाट स्थानीयको जीविकाका मद्दत पुगेको छ ।

पर्यटकलाई मनोरञ्जनका साथै तालबाट थप आम्दानी आन्तरिक आम्दानी बढाउने उद्देश्यले तालमा यस वर्ष एक लाख माछाको भुरा छाडिएको उनले जानकारी दिए । तालमा पालेको माछा आफैँ बल्छीले मारेर खरिद गर्न सक्ने र त्यहीँ पकाएर खान सक्ने सुविधासमेत पर्यटकलाई उपलब्ध गराइएको हुँदा यस योजनामा समेत पर्यटकको आकर्षण बढेको छ ।

शनिबार र बिदाका दिन यहाँ पर्यटक खचाखच हुन्छन् । पूर्वपश्चिम राजमार्गको चारआली चोकबाट तीन किलोमिटर दक्षिणमा रहेको यस क्षेत्रलाई अझ व्यवस्थित बनाउन र थप पूर्वाधार निर्माणमा लगानी भइरहेको समितिले जनाएको छ ।

यहाँको ताल छेउको खुला ठाउँमा पर्यटकलाई बस्नका लागि छवटा गोलघर निर्माण गरिएको छ । पछिल्लो समय पर्यटकको आगमन ह्वात्तै बढेसँगै वन समितिले २० वटा गोलघर थप्ने योजना बनाएको अध्यक्ष सिग्देलले बताए ।

स्थानीय तह र वन समूहको करिब दुई करोड  ५० लाख बजेट यस पर्यटकीयस्थलको निर्माण, व्यवस्थापन र पूर्वाधार निर्माणमा लगानी भइसकेको छ ।

सिमसारलाई उत्खनन गरेर तालको क्षेत्रफल बढाइएको छ भने यहाँ सडक, विद्युत्, पिउने पानीलगायतको सुविधा पुर्याइएको छ । ताल क्षेत्रमा पर्यटकलाई मनोरञ्जनका लागि दुईवटा आकर्षक पुल निर्माण गरिएको छ । आकर्षण प्रवेशद्वारसहित २० फिटे अग्लो सुरक्षित पोस्ट, तारजालीको घेराबेरा र सुन्दर बगैँचा निर्माण गरिएको छ ।

मेचीनगर– १३ वडा कार्यालयले पटकपटक गरेर २७ लाख र मेचीनगर नगरपालिकाले फलामे पुल निर्माणका लागि १५ लाख बजेट विनियोजन गरेको छ भने अन्य लगानी सामुदायिक वनको आन्तरिक स्रोतबाट जुटाइएको बताइएको छ ।

कोशी प्रदेश सरकारबाट पानीको फोहोरा र चिल्ड्रेन पार्क निर्माण गर्न प्राप्त २५ लाख र जलाधार संरक्षणका लागि वन मन्त्रालयबाट २५ लाख बजेट विनियोजन भएको समेत समितिले जनाएको छ ।

पर्यटकका लागि यस क्षेत्रमा ढिकी, जाँतो, ठेकीलगायत लोपोन्मुख वस्तुहरूको संरक्षण गरेर सङ्ग्रहालय राख्ने, मनोरञ्जनका लागि काठको रोटेपिङ निर्माण गर्ने, स्थानीय संस्कृति झल्किने गरी विभिन्न समुदायका मठमन्दिर, गुम्बा एव धार्मिक संरचनाको निर्माण गर्ने समितिको भावी योजना रहेका अध्यक्ष सिग्देलले बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १२ : २७ बजे

महामन्त्री ढकाललाई कारबाही गर्ने रास्वपाको तयारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई सामान्य कारबाही

मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई जरिवाना

काठमाडौं – काठमाडाैं महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा

काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा एकजनाको मृत्यु

सुदूरपश्चिम – कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर

एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज अनुमोदन

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएका

एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको