जनयुद्ध युगान्तकारी परिवर्तनको निम्ति निर्णायक : नारायणकाजी श्रेष्ठ | Khabarhub Khabarhub

जनयुद्ध युगान्तकारी परिवर्तनको निम्ति निर्णायक : नारायणकाजी श्रेष्ठ


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आजको ऐतिहासिक युगान्तकारी परिवर्तनको निम्ति  निर्णायक भूमिका खेल्ने शक्ति जनयुद्ध नै भएको दाबी गरेका छन् । 

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको विधान सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘जनयुद्धकाबारे नेपालमा तथा विश्वमा पनि विभिन्न ढंगले बहस भइरहेको छ तर एउटा कुरामा भने कसैको विमति हुन सक्दैन विमति जनाउँछ भने त्यो ढोङ हो कृतम कुरा हो छल हो ढाट हो त्यो के हो भने नेपालको  आजको ऐतिहासिक युगान्तकारी परिवर्तन जो छ त्यसको निम्ति निर्णायक भूमिका खेल्ने शक्ति जनयुद्ध नै हो । त्यसमा कुनै शंका छैन ।’

यसैबीच सरकारले जनयुद्ध दिवसलाई औपचारिक रूपमै राज्यको तर्फबाट सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि अदालतले अहिले विदा दिन उचित नहुने भन्दै खारेज गरिदिएको बताए । अदालतको निर्णय मान्नुपर्ने कर्तव्य ठानेर अगाडि बढेको बताए । यसबारे पनि पुन मन्त्रिपरिषद्को बैठक बसेर छलफल गर्ने बताएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १ : ५६ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस