उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाइँदै | Khabarhub Khabarhub

उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाइँदै


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाउन थालिएको छ । 

सो बुद्ध विहार करिब १२ वर्ष अगाडि निर्माण सुरु भएर गत वैशाखमा सम्पन्न भएको थियो । सीमित स्रोतसाधनमा निर्मित बुद्ध विहारलाई व्यवस्थित गरी पर्यटन प्रवर्द्धनका लागि यस वर्ष व्यवस्थित गराउन थालिएको हो । 

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाखमा रिघा बुद्ध विहारको तला थप्नेसँगै प्रतीक्षालय निर्माण र बगैँचा बनाउन लागिएको हो । आकर्षक शैलीले निर्माण भएको बुद्ध विहारले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न थालेपछि व्यवस्थापनमा जोड दिइएको छ । 

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नजिकै रहेको हुँदा धेरै पर्यटक यहाँ पुग्न थालेको पाइन्छ । बुद्ध विहार स्थानीयको जनश्रमदानसहित करिब रु एक करोड लागतमा निर्माण भएको र यसलाई व्यवस्थापन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेपछि थप आकर्षक र व्यवस्थित बनाउन थालेको गलकोट–११ का अध्यक्ष डम्मर श्रीसले बताए। करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको विहारलाई आर्थिक अभावका कारण सोचेअनुसार बनाउन नसकेको भन्दै विस्तारै बजेट मागेर काम गरिरहेको उनको भनाइ छ ।

विहार क्षेत्रमा पर्यटक बढाउन प्रतीक्षालय, खानेपानी व्यवस्थापन बगैँचा, पदमार्ग, पोखरी निर्माण गर्ने, वनभोज स्थल निर्माण गर्ने योजना रहे पनि बजेट कम हुँदा काम गर्न नसकिएको उनको भनाइ छ । यस वर्ष बुद्ध विहारको तला व्यवस्थापनसँग त्यस वरपर व्यवस्थित बगैँचा बनाउने र प्रतीक्षालय निर्माण गर्नेगरी योजनाको काम अगाडि बढेको अध्यक्ष श्रीस बताउँछन् ।

नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले उदय रिघा बुद्ध विहारलाई नगरपालिकाले बर्सेनि बजेट विनियोजन गर्दै आएको बताए । यस क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर विकास गर्न थालेको उनको भनाइ छ । बुद्ध विहार गलकोटको महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेको भन्दै योसँगै अन्य धार्मिक पर्यटकीय गन्तव्यमा संरचना निर्माणमा जोड दिइएको भण्डारी बताउँछन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  २ : ४७ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित