उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाइँदै « Khabarhub

उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाइँदै


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाउन थालिएको छ । 

सो बुद्ध विहार करिब १२ वर्ष अगाडि निर्माण सुरु भएर गत वैशाखमा सम्पन्न भएको थियो । सीमित स्रोतसाधनमा निर्मित बुद्ध विहारलाई व्यवस्थित गरी पर्यटन प्रवर्द्धनका लागि यस वर्ष व्यवस्थित गराउन थालिएको हो । 

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाखमा रिघा बुद्ध विहारको तला थप्नेसँगै प्रतीक्षालय निर्माण र बगैँचा बनाउन लागिएको हो । आकर्षक शैलीले निर्माण भएको बुद्ध विहारले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न थालेपछि व्यवस्थापनमा जोड दिइएको छ । 

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नजिकै रहेको हुँदा धेरै पर्यटक यहाँ पुग्न थालेको पाइन्छ । बुद्ध विहार स्थानीयको जनश्रमदानसहित करिब रु एक करोड लागतमा निर्माण भएको र यसलाई व्यवस्थापन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेपछि थप आकर्षक र व्यवस्थित बनाउन थालेको गलकोट–११ का अध्यक्ष डम्मर श्रीसले बताए। करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको विहारलाई आर्थिक अभावका कारण सोचेअनुसार बनाउन नसकेको भन्दै विस्तारै बजेट मागेर काम गरिरहेको उनको भनाइ छ ।

विहार क्षेत्रमा पर्यटक बढाउन प्रतीक्षालय, खानेपानी व्यवस्थापन बगैँचा, पदमार्ग, पोखरी निर्माण गर्ने, वनभोज स्थल निर्माण गर्ने योजना रहे पनि बजेट कम हुँदा काम गर्न नसकिएको उनको भनाइ छ । यस वर्ष बुद्ध विहारको तला व्यवस्थापनसँग त्यस वरपर व्यवस्थित बगैँचा बनाउने र प्रतीक्षालय निर्माण गर्नेगरी योजनाको काम अगाडि बढेको अध्यक्ष श्रीस बताउँछन् ।

नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले उदय रिघा बुद्ध विहारलाई नगरपालिकाले बर्सेनि बजेट विनियोजन गर्दै आएको बताए । यस क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर विकास गर्न थालेको उनको भनाइ छ । बुद्ध विहार गलकोटको महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेको भन्दै योसँगै अन्य धार्मिक पर्यटकीय गन्तव्यमा संरचना निर्माणमा जोड दिइएको भण्डारी बताउँछन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  २ : ४७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल