दुर्गा प्रसाईंको घट्दो शक्ति : बल्खुमा ७, भृकुटीमण्डपमा ३ हजार « Khabarhub

दुर्गा प्रसाईंको घट्दो शक्ति : बल्खुमा ७, भृकुटीमण्डपमा ३ हजार


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैंक, सहकारी र लघुवित्त पीडितका नाममा राजतन्त्र पुन:स्थापनाको एजेन्डा बोकेर विभिन्न विरोधका कार्यक्रम गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका छन् । तर, उनको शक्ति गत मंसिरमा बल्खुमा गरेको प्रदर्शनमा भन्दा आधा घटेको पाइएको छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउन महाअभियान’को वार्षिक उत्सवका अवसरमा उनले मंगलबार भृकुटीमण्डपमा सभाको आयोजना गरेका हुन् ।

जनयुद्ध दिवसलाई चुनौती दिँदै उनले विरोध गरेको विरोध प्रदर्शनमा ‘गणतन्त्र खारेज गर्’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘दुर्गा दाइ हाइ हाइ’, ‘हिन्दू राष्ट्र कायम गर्’ जस्ता नाराहरु लगाइएको थियो ।

प्रशासनसँगको कमजोर समन्वय र विभिन्न पर्वका कारण प्रसाईंको समूहले चाहेको स्थान टुँडिखेल र खुलामञ्चमा विरोधसभा गर्न पाएन । प्रसाईंले लाखौंको संख्यामा जनसागर उर्लने दाबी गर्दै ठूलो ठाउँमा मागेका थिए । यद्यपि प्रसाईंका समर्थकहरुले नै बढीमा ८ आठ हजार मानिस सहभागी हुने आकलन गरेका थिए ।

कार्यक्रममा उच्च सुरक्षाबीच प्रसाईं मञ्चमा पुगेका थिए । तोकिए समयभन्दा एक–डेढ घण्टा ढिलो गरेर उच्च सुरक्षामा कार्यक्रमस्थल पुगे । कार्यक्रम सहजकर्ताले मञ्चबाटै भन्दै थिए, ‘सुरक्षा चुनौतीले उहाँ आउन ढिलो भयो ।’

पुष्पवर्षाका बीच मञ्चमा पुगेका प्रसाईंले झापाबाटै निजी सुरक्षाको जत्था लिएर आएको उनी निकट स्रोतले खबरहबलाई बतायो । उनको प्रवेशपछि मञ्चमा बडिबिल्डर घेरामा थियो ।  प्रसाईं मञ्चमा पुगेर गम्भीर मुद्रामा बसे । सायद, उनले जनसहभागिता थोरै देखे । लाखको धाकको यथार्थ हजारमा सीमित भयो ।

मंसिरमा ७ मा यही एजेण्डामा आधारित भएर प्रसाईंले गरेको शक्ति प्रदर्शनमा करिब ६/७ हजार मानिस सहभागी भएको प्रशासनले अनुमान गरेको थियो । त्यसबेला उनी सुरक्षाका कारण दुई घण्टा आफ्नै गाडीमा थुनिनुपरेको समाचार खबरहबले प्रकाशन गरेको थियो ।

यो पनि- 

महेश बस्नेत र दुर्गा प्रसाईंको शक्ति : तीनकुनेमा २ हजार, बल्खुमा कति ?

गाडीभित्रै दुई घण्टा दुर्गा प्रसाईंको बास !

मंसिरमा बल्खुमा आयोजित प्रदर्शन

मंसिरको सहभागिताबाट हौसिएर आन्दोलन चर्काउँदै लैजाने घोषणा गरे पनि करिब दुई महिनापछि प्रसाईंले गरेको शक्ति प्रदर्शनमा जनसहभागिता कमजोर बनेको छ ।

प्रसाईंको कार्यक्रममा बढीमा तीन हजार मानिस सहभागी भएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले खबरहबलाई जानकारी दिए । शर्माले भने, ‘२५ सयदेखि ३ हजार सहभागी भएको प्रहरीले हामीलाई खबर दिएको छ ।’

राजतन्त्र पुन:स्थापनाको एजेन्डा बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने प्रसाईंको यस कार्यक्रमलाई नैतिक समर्थन मात्रै दिएको छ । प्रसाईंको समूहले आजदेखि नयाँ चरणको आन्दोलन सुरु गर्ने घोषणासमेत गरेको छ ।

दुर्गा प्रसाईँको कुण्डली : भोलि उठी कहाँ जाने…

हेर्नुहोस भृकुटीमण्डपमा आयोजित सभाका  दृश्य :

      

    

 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ७ : ३१ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल