नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर « Khabarhub

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा स्थायी शिक्षिकाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । 

पोखरा महानगरपालिका–८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयको प्राथमिक तहका स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध आयोगले आरोपपत्र दायर गरेको हो ।

शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल एण्ड इण्टरमिडियट एजुकेशन, युपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्र पेस गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि भएकाले कारबाही गर्न आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर बमोजिम शर्मालाई सजाय माग गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ६ : ४३ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा