निद्रामा झस्किने समस्या किन हुन्छ, हटाउन के गर्ने ? | Khabarhub Khabarhub

निद्रामा झस्किने समस्या किन हुन्छ, हटाउन के गर्ने ?


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निन्द्रामा कहिलेकाहीँ झस्केको अनुभव गर्नु भएको छ होला । यो के भएको होला त ? यो साँच्चैमा एउटा स्वास्थ्य समस्या त हैन ! यो आम मान्छेको मनमा आउने प्रश्न हो । यो समस्यालाई यही कारणले हुन्छ भनेर अहिलेसम्म कसैले भन्न सकेको छैन ।

सामान्य भाषामा कतिपयले यस्तो मनोसामाजिक तथा मानसिक तनावका कारण हुने हुने गर्छ भनेर पनि भन्ने गर्छन् ।

राति राम्रोसँग निद्रा नपर्ने, पातलो निद्रा हुने, नराम्रो सपना देखिने र शारीरिक समस्याका कारण मानिस निद्रामा झस्किन्छन् ।

कहिलेकाहीँ शारीरिक समस्याका कारण पनि निद्रामा झस्कने समस्या आउँछ ।

मानसिक तनाव भएका व्यक्ति वा अधिकांश चिन्तामा रहने मानिसलाई निद्राबाट झस्किएर सुत्न गाह्रो हुने गर्दछ । यस्तो समस्या हुँदा निद्राको बीचबीचमा बिउँझिने, डर लाग्ने, उठ्दा पसिनैपसिना हुने र श्वास फेर्न गाह्रो हुने गर्दछ ।

यो समस्या पुरुषमा भन्दा महिलामा बढी देखा पर्छ । कहिलेकाहीँ पहिला कुनै ठूलो घटना भएको छ भने त्यसको झझल्को आएर पनि मानिसहरू निद्रामा झस्किने गर्दछन् ।

अझ रक्सी र लागूऔषध धेरै खाने मानिसहरूमा पनि यस्तो समस्या आउन सक्छ । कतिपय निद्राको औषधि सेवन गर्ने मानिसमा पनि यस्तो समस्या आउन सक्छ ।

यसरी बच्न सकिन्छ ?
सबै भन्दा पहिला निद्रामा झस्किने आफ्नो बानी छ या छैन भनेर जान्न जरुरी हुन्छ । साना बालबालिकालाई त परिवारका सदस्यले थाहा पाउने गर्छन् तर ठूला व्यक्तिहरूले आफूले यो थाहा पाएर त्यसको समाधान तिर लाग्नु पर्छ ।

– दैनिक रूपमा बेलुका सुत्ने तालिका सधैँ एउटै बनाउने र उठ्ने समय पनि एउटै पार्ने ।
– सुत्ने बेलामा कफी, रक्सी, धुमपान सेवन नगर्ने ।
– सुत्ने कोठा शान्त राख्ने साथै बेडमै बसेर टिभी हेर्ने वा पढ्ने बानी हटाउने ।
– सुत्ने कोठामा बत्ती नबाल्ने, बाल्नु परे पनि कम चम्किलो बत्ती मात्र बालेर निदाउने ।
– चिन्ता र तनाव कम गरेर सुत्ने ।
– दैनिक रूपमा बिहान कम्तीमा आधा घण्टा शारीरिक व्यायाम गर्ने वा हिँड्ने बानीको विकास गर्ने ।
– दिउँसो सुत्ने बानी हटाउने र आफूलाई दिनभर व्यस्त राख्ने गरेमा सही रूपले निन्द्रा लाग्छ र यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।
श्रोतः  विभिन्न एजेन्सीहरूको सहयोगमा

 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ६ : ३३ बजे

दुई बुँदेबारे प्रचण्ड : ‘राष्ट्रहितका लागि अघि बढ्ने र पछि हट्ने भइरहन्छ’

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग शुक्रबार

जसपा नेपाल निकट नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु

ललितपुर– जनता समाजवादी पार्टी (जसपा), नेपालको नेवाः राष्ट्रिय समितिको प्रथम

बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो

बागलुङ– शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका– ५ अस्तु बतासेडाँडामा भएको

मण्डनदेउपुरका क्रसर र इँटा उद्योग बन्द 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकास्थित चार क्रसर तथा इँटा उद्योग बन्द

गुल्मीमा कफीका बिरुवाको माग बढ्दो

गुल्मी– बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक