साप्ताहिक ब्रिफिङ : सुकुम्वासी बस्ती धमाधम भत्काइँदै, बुद्ध जयन्तीकै दिन तोडियो गुम्बा, दुई अध्यादेश जारी, कर्मचारीको तलब १५ दिनमै र इरानमाथि ठूलो हमलाको योजना, हाइपरसोनिक मिसाइल हानिने « Khabarhub

साप्ताहिक ब्रिफिङ : सुकुम्वासी बस्ती धमाधम भत्काइँदै, बुद्ध जयन्तीकै दिन तोडियो गुम्बा, दुई अध्यादेश जारी, कर्मचारीको तलब १५ दिनमै र इरानमाथि ठूलो हमलाको योजना, हाइपरसोनिक मिसाइल हानिने


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।

खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्ग निर्देशक हुन् : राष्ट्रपति

सरकारले कहिले बोलाउँछ बजेट अधिवेशन ?

एमसीसीमै अमेरिकी विशेष दूतको चासो, दुई मन्त्रीलाई भेटेर के के भने ?

दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जिओ गोरले नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शुक्रबार भेटवार्ता गरेका छन्।

खनालसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।

सरकारलाई माधव नेपालको सुझाव- जनतालाई पीडा र यातना दिने गरी जनविरोधी काम नगरौँ

नेपालको आरोप : वर्तमान सरकार जनविरोधी, सुकुम्वासीमाथिको दमन स्वीकार्न सकिँदैन

गगन थापाले भने- सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन

शीतल निवासमा अड्किएका अध्यादेशबारे कानुनी परामर्श गर्दै राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् । तर सरकारद्वारा सिफारिस अन्य अध्यादेशबारे उनी कानुनी परामर्शमा छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको छ ।

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश

नेपाल कृषि प्रधान देश भएकाले कृषि प्रधान नीति बनाउनुपर्नेमा जोड

अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ

वैशाखे पूर्णे मेला भर्न हिँडेका यात्रु सवार जीप जब भीरमा खस्य

सर्लाही पुगेर गगनले भने : म हार्दा धेरै साथी र शुभेच्छुकहरू रूनुभयो

प्रधानमन्त्री बालेनको ‘एक्सन’ : पहुँचका भरमा कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै आएको दोहन र प्रशासनिक बेथिति अन्त्यका लागि ठोस कदम चालेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानुनविपरीत पहुँचका भरमा सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया सुरू गरेको छ।

कार्यालयले अहिलेसम्म विभिन्न मन्त्रालय, त्यसअन्तर्गतका निकाय र संवैधानिक आयोगहरूबाट ६२२ वटा सरकारी सवारी साधन फिर्ता लिइसकेको छ।

प्रधानमन्त्रीको सचिवालयले गरेको प्रारम्भिक अनुसन्धानमा राजपत्राङ्कित प्रथम श्रेणी वा त्यसभन्दामाथिका पदाधिकारीले मात्र सरकारी सवारी साधनको सुविधा पाउने कानुनी व्यवस्था भए पनि त्योभन्दा तल्लो तहका कर्मचारी तथा पदाधिकारीले समेत चारपाङ्ग्रे सरकारी सवारी साधन प्रयोग गरिरहेको तथ्य फेला परेको थियो।

अनुसन्धानका क्रममा सबै सरकारी निकायका कर्मचारी र पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको विस्तृत विवरण माग गरिएको थियो।

प्राप्त तथ्याङ्कका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत वैशाख १० गते सबै मन्त्रालय, त्यसअन्तर्गतका निकाय र संवैधानिक आयोगहरूलाई परिपत्र गर्दै प्रचलित कानुनले सवारी साधन उपलब्ध गराउनु नपर्ने तहका कर्मचारी र पदाधिकारीले प्रयोग गरिरहेका सवारी साधन तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो।

बालेनले समाते केपी ओलीकै शैली : बोलाइसकेको संसद् रोकेर अध्यादेशको बाटोतिर

सुकुम्बासी बस्ती हटाइएको क्षेत्रमा कस्ता संरचना बनाउने तयारीमा छन् बालेन ?

पहुँचका भरमा सवारी सुविधा लिइरहेकाबाट फिर्ता गराइँदै

बस्ती भत्काएको चार दिनपछि सरकारले निकाल्यो सुकुम्वासी विद्यार्थीलाई सहयोग गर्ने सूचना

जेन-जी आन्दोलनमा जलेका गाडीको पनि इन्धन लिन्थे कर्मचारी, मन्त्रीले दिइन् कारबाही गर्न निर्देशन

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै वालेन्द्र शाह नेतृत्वको सरकारले थालेको डोजरको विनाश श्रृंखलाबाट भुइँमान्छेहरू नराम्रोसँग प्रभावित भएका छन् ।

सबै सुकुम्वासीलाई हुकुम्बासीको नाम दिएर काँचा इँटा र ब्रिक्सले बनेका अधिकांश घरमा बडेमानका डोजर चलाउने क्रम जारी छ।

डोजर अभियानलाई जेन-जी मुभमेन्टले भन्यो- अमानवीय र जनविरोधी, प्रधानमन्त्री बालेनमाथि प्रश्न

स्थानीयीबासीले एक दिनलाई नभत्काइदिनु भन्दा पनि सुनेन सरकारले, बुद्ध जयन्तीकै दिन तोडियो गुम्बा

बुद्ध जयन्तीकै दिन गुम्बा र मन्दिरमा चलाइयो डोजर (तस्बिरहरू)

‘वास्तविक सुकुम्वासीलाई छिट्टै जग्गा दिएको राम्रो, नत्र खत्तम होला’

बालेनलाई गगनले भने : कानुनी बाटोभन्दा डोजर अभियान ठूलो हुन सक्दैन

जेन-जी घाइतेको विवरण सार्वजनिक

उपत्यकामा बस्ने किराँत समुदायले मनाए साकेला उभौली पर्व 

मे दिवसमा जिफन्टको काठमाडौं र्‍याली, श्रमिक अधिकार र सीप विकासमा जोड

बौद्धमा र्‍यालीसहित यसरी मनाइयो बुद्ध जयन्ती (तस्बिरहरू)

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

वैशाखे पूर्णे मेला भर्न हिँडेका यात्रु सवार जीप जब भीरमा खस्यो

रोल्पामा बिहीबार एउटा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुनिल थापा नेपालका अनुसार रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकास्थित जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो।

उनका अनुसार लु१ज ४१६७ नम्बरको जीप बिहीबार दिउँसो रोल्पाको थवाङ गाउँपालिका-१ सल्याप भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

रोल्पामा मृत्यु भएका सबै २० जनाको सनाखत 

अतिक्रमित जग्गामा बनेका संरचना हटाउन गृहको सर्कुलर

ड्रोनबाट यस्तो देखियो बालाजु स्थित सुकुम्वासी बस्ती (तस्बिरहरू)

हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयद्वारा विज्ञसँग छलफल

विद्युत प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न विषयमा प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव गरिएको हो ।

मन्त्री पोखरेलले फिनल्यान्डको शिक्षा विश्वको उच्च गुणस्तरको मानिने भएकाले फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राखिएको बताए ।

उक्त भेटमा शिक्षामन्त्री पोखरेलले नेपाल र फिनल्यान्डबीच सदैव सुखद र असल सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको विकासमा फिनल्यान्ड सरकारले गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

सेवाग्राहीका घरमा राहदानी पुर्‍याउँदै चितवन प्रशासन

रूपान्तरणकारी बजेट आउँछ : अर्थमन्त्री वाग्ले

प्रशासनिक सुधारमा कठोर बन्दै सरकार : के भन्छन् प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार ?

गगनले भने : सीमा क्षेत्रमा ‘१०० रुपैयाँ भन्सार’ नियम अव्यवहारिक, सर्वसाधारण अनेक सास्ती भोग्दैछन्

डोजर नपुग्दै बाटो लागे धोबी खोलाका सुकुम्वासी (तस्बिरहरू)

तारकेश्वरको थापागाउँमा सार्वजनिक जग्गाको संरक्षण गरिँदै

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

ज्याकारण्डा फूलले सुन्दर बन्यो उपत्यका (तस्बिर)

इरानमाथि ठूलो हमलाको योजना तयार, हाइपरसोनिक मिसाइल प्रयोग हुन सक्ने

अमेरिकाले इरानविरुद्ध ठूलो हमलाको योजना तयार गरिरहेको छ । यससँगै इरानविरुद्ध हाइपरसोनिक मिसाइल प्रयोग गर्ने सम्भावना देखिएको छ।

अमेरिकाको युनाइटेड स्टेड सेन्टरल कमान्ड (सेन्टकमक) का कमाण्डरले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध सम्भावित सैन्य हमलाका विकल्पहरूबारे जानकारी दिएका छन्। फक्स न्यसजका अनुसार एडमिरल ब्राड कूपरले व्हाइट हाउसको सिचुएसबन रूममा ट्रम्पसँगको बैठकमा ती विकल्पहरू प्रस्तुत गरेका हुन्।

रिपोर्टअनुसार, यदि ट्रम्पले फेरि हमला गर्ने निर्णय लिन्छन् भने ‘सानो तर अत्यन्त शक्तिशाली हमला’ गर्न सकिने प्रस्ताव गरिएको छ। यस योजनाअन्तर्गत इरानको बाँकी सैन्य शक्ति, नेतृत्व तह तथा महत्वपूर्ण पूर्वाधार (इन्फ्रास्ट्रक्चर) लाई लक्षित गरिन सक्छ। अमेरिकी रक्षा मन्त्रालयले केही नयाँ तथा अत्याधुनिक हतियार प्रयोग गर्ने विषयमा पनि विचार गरिरहेको छ। तीमध्ये ‘डार्क ईगल’ नामक हाइपरसोनिक मिसाइल पनि समावेश छ।

खामेनेई स्वस्थ रहेको दाबी

अफ्रिकाका ५३ देशका लागि चीनको शून्य–कर घोषणा

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

सुकीलाई नजरबन्दमा सार्ने निर्णय, अन्तर्राष्ट्रिय छविमा केन्द्रित कदम

यूएईविरुद्धको नेपालले रोमाञ्चक जित

अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ

इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले बिहीबार एक लिखित सन्देशमा इस्लामिक गणतन्त्रसँगको युद्धमा अमेरिका पराजित भएको दावी गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लामो नाकाबन्दीको इरानी नेतृत्वले उल्लङ्घन गर्न सफल हुनुलाई इरानको जीतका रूपमा सर्वोच्च नेता खामेनीले बताएका छन् ।

खामेनीले भनेका छन्, “यस क्षेत्रमा सबैभन्दा ठूलो सैन्य तैनाथी र आक्रमण र संयुक्त राज्य अमेरिकाको लज्जास्पद हारको दुई महिनापछि पर्सियन खाडी र स्ट्रेट अफ हर्मुजका लागि नयाँ अध्याय खुलेको छ ।”

इरानको नयाँ सर्वोच्च नेताका रूपमा मार्च ९ मा नियुक्त भएयता अहिलेसम्म सार्वजनिक रूपमा देखा नपरेका खामेनीको सन्देश इरानमा ‘पर्सियन खाडी’ दिवसको वार्षिक राष्ट्रिय उत्सवको अवसरमा आएको हो।

बोइङसँग बङ्गलादेशको ३.७ अर्ब डलर सम्झौता

सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत

मध्य पूर्व द्वन्द्व चरम उत्कर्समा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्धि : डब्ल्यूएचओ

अफगानिस्तानको हेरातमा महिला उद्यमीलाई सशक्त बनाउन महिला बजारको सुरुवात

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ८ : ०६ बजे

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट

ट्रम्पले भने : इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न दिँदैनौं

वाशिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानविरुद्ध कडा

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र