अरुण तेस्रोको ७० प्रतिशत काम सम्पन्न « Khabarhub

अरुण तेस्रोको ७० प्रतिशत काम सम्पन्न


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

किमाथांका  सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको ७० प्रतिशत काम सम्पन्न भएको हो ।  

आयोजनाको मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा दोभानमा बाँध धमाधम निर्माण भइरहेको छ । जम्मा २५ लाख ५६ घनमिटर खनेर बाँध निर्माण गर्नुपर्नेमा हाल २५ लाख ४८ हजार घनमिटर खनिसकिएको सतलज जलविद्युत्  निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमालले  जानकारी दिए । बाँधस्थलबाट विद्युत् गृहसम्मको ११ किलोमिटर सुरुङ यसअघि नै खुलिसकेको छ ।

 यसैगरी चिचिला गाउँपालिका–३, पुखुवा दोभानमा धमाधम विद्युत्गृह निर्माण भइरहेको छ । परियोजनामा कुनै अवरोध नभएमा अबको करिब दुई वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ । परियोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले शेयर पाउने परियोजना विकास सम्झौता (पिडिए) मा व्यवस्था गरिएको छ । 

परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई शेयर दिने पिडिएमा उल्लेख गरिएको छ । पिडिएअनुसार परियोजनाबाट रु एक अर्ब ६० करोड स्थानीयलाई शेयर दिइने छ । 

करिब एक खर्ब चार अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुने छ भने विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपियाँ आर्थिक लाभ मिल्ने छ । विद्युत् उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत् निःशुल्क प्राप्त गर्ने छन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख गरिएको छ । अरुण तेस्रो परियोजनामा नेपाली भारतीय सहित  चार हजार कामदार कार्यरत छन् । 

जलविद्युत् उत्पादनको केन्द्र मानिएको सङ्खुवासभाको अरुण नदीमा अहिले चार वटा ठूला जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । किमाथाङ्का अरुण, माथिल्लो अरुण, अरुण तेस्रो र तल्लो अरुण परियोजना निर्माण भएपछि तीन हजार ८४ मेगावाट बिजुली उत्पादन हुनेछ । 

अरुण तेस्रोकै ढाँचामा सतलजले तल्लो अरुण ६ सय ६९ मेगावाट निर्माणका लागि मुआब्जा वितरणको तयारीमा छ । यी दुवै आयोजनाबाट नेपालले २१ प्रतिशत विद्युत् निःशुल्क पाउने छ । माथिल्लो अरुण एक हजार ६३ मेगावाटको विद्युत् आयोजना निर्माणको जिम्मा भने नेपाल विद्युत् प्राधिकरणले पाएको छ । आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ५ : ५० बजे

आईपीएल २०२६ : आरसीबी बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा रोयल च्यालेन्जर्स

आईपीएल : वैभव सूर्यवंशी ४६ रनमा आउट, चलेन जैसवालको ब्याट

काठमाडौं – आईपीएल २०२६ को आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्स

ड्रोन आक्रमणपछि यूएईको आणविक केन्द्र बाहिर आगलागी

काठमाडौं – यूएईको अबुधाबीस्थित अल धफरा क्षेत्रमा रहेको बराकाह आणविक

मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण

जनकपुरधाम – विगत लामो समयदेखि (भूमिहीन) सुकुमवासीको रूपमा बस्दै आएका

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन – गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ