संविधानको मर्मस्वरुप संघीयता कार्यान्वयन हुनुपर्छ : मुख्यमन्त्री शर्मा | Khabarhub Khabarhub

संविधानको मर्मस्वरुप संघीयता कार्यान्वयन हुनुपर्छ : मुख्यमन्त्री शर्मा


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संघीयताको मर्मबमोजिम संघीयता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै  मुख्यमन्त्री शर्माले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संविधानले व्यवस्था गरेका अधिकार कार्यान्वयनमा आउनुपर्नेमा जोड दिए। 

उनले भने, ‘व्यवस्था परिवर्तन भएको छ । यद्यपि जनताको अवस्था परिवर्तन हुन संविधानद्वारा निर्देशित हक अधिकार लागू हुनुपर्दछ ।’ 

संविधान समाजवादउन्मुख साझा दस्तावेज भएको उल्लेख गर्दै मुख्यमन्त्री शर्माले यसको कार्यान्वयनमा सबै दलको साझा भूमिका हुनुपर्ने बताए । दलका आ-आफ्ना नीति, विधि प्रभावकारी कार्यान्वयन गरी त्यसको बोध गर्ने र राजनीतिक मूल्य मान्यतासँगै अगाडि बढ्ने साझा प्रतिबद्धता कार्यान्वयनमा ल्याउन जनतातिर फर्कनुपर्ने उनको भनाइ थियो । 

कर्णालीको आर्थिक विकासको आधार कृषि, पर्यटन र जडीबुटी भएकाले कृषि तथा वन पैदावारमा आधारित उद्योग निर्माणमा जोड दिइएको, भूकम्पपीडितको राहतका लागि १० जिल्ला विपद् व्यवस्थापन समितिलाई रु पाँच करोड बजेट उपलब्ध गराइएको, विपद् जोखिम तथा प्रतिकार्य योजना निर्माण, भूकम्प प्रतिरोधात्मक संरचना निर्माणका लागि डकर्मी तालिम सञ्चालन, कर्णाली समृद्धि परियोजनामार्फत १० हजार व्यक्तिलाई रोजगारी दिन कानुन निर्माणको प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्री शर्माले बताए । 

चालु आर्थिक वर्षको हालसम्ममा नयाँ ट्रयाकसमेत गरी एक सय ३७ किलोमिटर सडक, १६ झोलुङ्गे पुल र पाँचवटा सडक निर्माण गरिएका छन् । कर्णाली प्रदेश निजामती ऐन र नियमावली कार्यान्वयनमा आएको छ भने आगामी वैशाख २० र १९ गते लगानी सम्मेलन गर्ने गरी प्रदेश सरकारले तयारी गरिरहेको मुख्यमन्त्री शर्माले जानकारी दिए।  

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ५ : ५४ बजे

अस्थायी रूपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज– आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थायी

कार्कीलाई बधाई दिँदै उद्योग सङ्गठन मोरङले भन्यो – लुटपाट, आगजनी तथा विध्वंसमा सङ्लग्नलाई दण्डित गरियोस्‌

काठमाडौँ – पूर्वका उद्योगीहरूको छाता संस्था उद्योग सङ्गठन मोरङले नवनियुक्त

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी– नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं– सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र