संविधानको मर्मस्वरुप संघीयता कार्यान्वयन हुनुपर्छ : मुख्यमन्त्री शर्मा « Khabarhub

संविधानको मर्मस्वरुप संघीयता कार्यान्वयन हुनुपर्छ : मुख्यमन्त्री शर्मा


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संघीयताको मर्मबमोजिम संघीयता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै  मुख्यमन्त्री शर्माले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संविधानले व्यवस्था गरेका अधिकार कार्यान्वयनमा आउनुपर्नेमा जोड दिए। 

उनले भने, ‘व्यवस्था परिवर्तन भएको छ । यद्यपि जनताको अवस्था परिवर्तन हुन संविधानद्वारा निर्देशित हक अधिकार लागू हुनुपर्दछ ।’ 

संविधान समाजवादउन्मुख साझा दस्तावेज भएको उल्लेख गर्दै मुख्यमन्त्री शर्माले यसको कार्यान्वयनमा सबै दलको साझा भूमिका हुनुपर्ने बताए । दलका आ-आफ्ना नीति, विधि प्रभावकारी कार्यान्वयन गरी त्यसको बोध गर्ने र राजनीतिक मूल्य मान्यतासँगै अगाडि बढ्ने साझा प्रतिबद्धता कार्यान्वयनमा ल्याउन जनतातिर फर्कनुपर्ने उनको भनाइ थियो । 

कर्णालीको आर्थिक विकासको आधार कृषि, पर्यटन र जडीबुटी भएकाले कृषि तथा वन पैदावारमा आधारित उद्योग निर्माणमा जोड दिइएको, भूकम्पपीडितको राहतका लागि १० जिल्ला विपद् व्यवस्थापन समितिलाई रु पाँच करोड बजेट उपलब्ध गराइएको, विपद् जोखिम तथा प्रतिकार्य योजना निर्माण, भूकम्प प्रतिरोधात्मक संरचना निर्माणका लागि डकर्मी तालिम सञ्चालन, कर्णाली समृद्धि परियोजनामार्फत १० हजार व्यक्तिलाई रोजगारी दिन कानुन निर्माणको प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्री शर्माले बताए । 

चालु आर्थिक वर्षको हालसम्ममा नयाँ ट्रयाकसमेत गरी एक सय ३७ किलोमिटर सडक, १६ झोलुङ्गे पुल र पाँचवटा सडक निर्माण गरिएका छन् । कर्णाली प्रदेश निजामती ऐन र नियमावली कार्यान्वयनमा आएको छ भने आगामी वैशाख २० र १९ गते लगानी सम्मेलन गर्ने गरी प्रदेश सरकारले तयारी गरिरहेको मुख्यमन्त्री शर्माले जानकारी दिए।  

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ५ : ५४ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब