रूसको आणविक हतियार अमेरिकाकोभन्दा राम्रो भएको पुटिनको दाबी « Khabarhub

रूसको आणविक हतियार अमेरिकाकोभन्दा राम्रो भएको पुटिनको दाबी


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

मस्को– रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले हवाई, जल तथा स्थलबाट प्रक्षेपण गरिएको रूसको आणविक हतियार ‘ट्रायड’ अमेरिकाकोभन्दा निकै उन्नत भएको बताएका छन् । 

युक्रेनमा दुई वर्षसम्म चलेको आक्रमणका क्रममा आफ्नो आणविक शक्तिलाई बढावा दिएको रूसले गत महिना पश्चिमा देशहरूले द्वन्द्व चर्काएमा आणविक विपत्तिको ‘वास्तविक’ जोखिम रहेको चेतावनी क्रेमलिनले दिएको थियो ।

‘हाम्रो आणविक हतियार ट्रायड कुनै पनि अन्य ट्रायडभन्दा बढी आधुनिक छ । वास्तवमा हामी र अमेरिकीहरूसँग मात्र यस्ता हतियारहरू छन् र हामी यसमा धेरै अगाडि बढेका छौं,’ पुटिनले सरकारी टिभीलाई दिएको अन्तर्वार्तामा भने । 

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै पश्चिमा मुलुकहरूले रूसमाथि ‘गैर–जिम्मेवार’ पूर्ण रूपले आणविक हतियार सम्बन्धमा वक्तव्यबाजी गरेको आरोप पुटिनले लगाउँदै आएका छन् । 

मस्कोसँग पाँच हजारभन्दा बढी आणविक हतियार रहेको अनुमान गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो भण्डार हो ।

पश्चिमी मुलुकहरूले युक्रेनमा उनीहरूका सेना पठाउँदा युद्धभूमिको स्थितिमा कुनै परिवर्तन नआउने उक्त अन्तर्वार्तामा पुटिनले बताएका थिए  । 

उनले भने, ‘जसरी हतियार आपूर्ति गर्दैमा रूसलाई केही फरक पर्दैन त्यसैगरी विदेशी सैन्य दस्ताहरूले युद्धभूमिको स्थिति परिवर्तन गर्दैन भन्ने मलाई विश्वास छ ।’ 

युक्रेनले हालैका महिनाहरूमा तोपखानादेखि हवाई प्रतिरक्षासम्मका असङ्ख्य अभावहरूको सामना गरिरहेको छ । अमेरिकी काङ्ग्रेसमा ६० अर्ब डलरको सहायता प्याकेज रोकिएको छ । यसको परिणाम रूसी सेनासँगको लडाईंमा युक्रेन युद्धबाट पछि हटिरहेको छ । 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ६ : ११ बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव