वर्ष फिल्म : दयाहाङको वर्चस्व, उपेन्द्रको डेब्यू | Khabarhub Khabarhub

वर्ष फिल्म : दयाहाङको वर्चस्व, उपेन्द्रको डेब्यू

वर्षभरि धेरै फिल्म खेल्ने कलाकारको सूचीमा विपीन र केकी पनि


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चलचित्र विकास बोर्डका अनुुसार ०८० सालमा ५१ वटा नेपाली चलचित्र प्रदर्शनमा आए । यो सूचीमा चैत ३० बाट प्रदर्शनमा आउने फिल्म ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’ समावेश छैनन् ।

वर्षको सुरुवात नै तीनवटा फिल्म हलमा जुधेका थिए । ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ प्रतिस्पर्धाबाट ०८० सालको फिल्मी वर्षको सुरुवात भएको थियो । वर्षभर पाँच पटक तीनवटा फिल्मले हलमा प्रतिस्पर्धा गरेको बोर्डको तथ्यांक छ ।

वैशाख १ देखि चैत २३ गतेसम्म ५१ वटा  शुक्रबार परेका छन् । बोर्डको तथ्यांकअनुसार ५१ वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्, जसले हरेक फिल्म एकल प्रदर्शनमा ल्याउन सक्ने अवस्था देखिन्छ । तर, यो वर्ष १३ वटा फिल्म मात्रै एकल प्रदर्शनमा आए ।

विकास बोर्डको तथ्यांकअनुसार ०८० वैशाख १५ मा सर्वाधिक चारवटा फिल्मले हलमा प्रतिस्पर्धा गरेका थिए । ती फिल्म हुन्– कैदीको पत्र, नाई नभन्नु ल–६, प्रसाद–२ र पासाङः द स्याड्यो अफ दी एभरेस्ट ।

दयाहाङको वर्चस्व, आफैँसँग प्रतिस्पर्धा

गत वर्ष सर्वाधिक बढी फिल्म दिने नायक हुन्– दायाहाङ राई । उनी केन्द्रीय भूमिकामा रहेका आठवटा फिल्म प्रदर्शनमा आए । दयाहाङको केन्द्रीय भूमिका रहेका फिल्मले हलमा दुई पटक प्रतिस्पर्धा गरे । वैखाख १ मा प्रदर्शनमा आएका दुई फिल्म ‘बिहे पास’ र जारीले हलमा प्रतिस्पर्धा गरे ।

त्यस्तै, उनका अन्य दुई फिल्म ‘दायारानी’ र ‘हात्तिछाप’ले माघ २६ मा हलमा प्रतिस्पर्धा गरे ।

त्यस्तै गत वर्ष दोस्रो बढी फिल्म नायक विपिन कार्की सक्रिय देखिए । उनी मुख्य भूमिकामा रहेका चारवटा फिल्म प्रदर्शनमा आए ।

नायिकाहरुमा गत वर्ष धेरै फिल्म दिने नायिका केकी अधिकारी बनिन् । उनले साना–ठूला अभिनय रहेका चारवटा फिल्म प्रदर्शनमा आए ।

जारीको रेकर्ड

वर्षको सुरुवातसँगै प्रदर्शनमा आएको फिल्म ‘जारी’ सुपर हिट सावित भयो । यो फिल्मले १७ करोडभन्दा बढी ‘ग्रस कलेक्सन’ गरेको निर्माण पक्षको दाबी छ । यो वर्ष यस फिल्मको रेकर्ड तोड्ने सम्भावना देखिँदैन ।

वर्षको अन्त्यमा प्रदर्शनमा आएको ‘महाजात्रा’ अझै पनि हलबाट उत्रिएको छैन । क्युएफएक्सले यो फिल्मलाई ‘बल्कबुस्टर’को ‘ट्याग’ दिएको छ । यो फिल्मले सुरुवाती तीन हप्तामा १४ करोड ग्रस कलेक्सन गरेको निर्माण पक्षले जानकारी दिएको छ ।

‘भष्मे डन’ र ‘दिमाख खराब’ यो वर्ष मुनाफा कमाउन सफल फिल्म हुन् । त्यस्तै, परदेशी–२, दयारानी, गोर्खा वारियर र अगस्त्य फिल्म लगानी सुरक्षित गर्न सफल फिल्म हुन् ।

यसरी हेर्दा बक्स अफिसमा ४३ वटा फिल्म फ्लप भएको पाइन्छ ।

दायाका दुई फिल्म ५१ दिन मनाउन सफल

नायक दयाहाङले भने सर्वाधिक फिल्म मात्र दिएनन्, उनकै अभिनय रहेका दुई फिल्मले ५१ दिन मनायो ।

५१ दिन मनाउन सफल जारी र दिमाख खराबमा दायाकै केन्द्रीय भूमिका छ । यो वर्ष यो सफलता पाउने नायक दायाहाङ मात्रै हुन् ।

दया–मिरुनाको हिट जोडी

कबड्डी फिल्मबाट चर्चा आएको ‘रिल’ जोडी हो– दायाहाङ र मिरुना मगर । मिरुना यो वर्ष सर्वाधिक फिल्म खेल्ने नायिकको अग्र स्थानमै छन् । यो जोडी यस वर्ष प्रदर्शनमा आएको तीन फिल्ममा देखिएको थियो ।

ती फिल्महरु हुन्– जारी, नांगो गाउँ र रंगेली । यो जोडीको अभिनय रहेको फिल्म जारीले मात्रै मुनाफा कमायो । यद्यपि उनीहरुको ‘केमेस्टी’ले भनि राम्रै चर्चा पाएको छ ।

कसैको डेब्यू, कसैको कमब्याक

लुट फिल्मबाट निर्देशनमा डेब्यू गरेका निर्देशक निश्चल बस्नेतले निर्देशनबाट लामो समय विश्राम लिए । ६ वर्षको विश्रामपछि निर्देशन फर्किएका उनले ‘दिमाख खराब’बाट ‘कमब्याक’ गरे । जुन हिट बन्यो ।

त्यस्तै, यो वर्षको हिट फिल्म ‘जारी’बाट उपेन्द्र सुब्बाले निर्देशनमा डेब्यू गरे । पहिलो फिल्म हिट दिएर उनले नेपाली फिल्म क्षेत्रमा आशा जगाएका छन् ।

उपेन्द्र सुब्बा

हिट फिल्मका लेखकको परिचय बनाएका सुब्बा आफ्नो  क्षमता विस्तार गर्न सफल भएका छन् । उनको निर्देशनमा रहेको अर्को फिल्म ‘मनसरा’ आगामी जेठमा प्रदर्शनमा आउँदैछ ।

हिट फिल्म दिन सफल निर्देशक प्रदीप भट्टराईले पनि यो वर्ष दर्शकलाई निराश बनाएनन् । उनले वर्षको अन्त्यमै भए पनि ‘सुपरहिट’ फिल्म ‘महाजात्रा’ ल्याए । यस फिल्मको व्यापारका कारण उनी ‘बक्स अफिस’का हिट निर्देशकको परिचयलाई निरन्तरता पाए ।

‘अगत्स्य’ फिल्मका निर्देशक सौरभ चौधरीको निर्देशन क्षमताको पनि यो वर्ष चर्चा भयो । उनको लेखन र निर्देशन रहेको फिल्मले सुपरहिट नबने पनि उनको कामले प्रशंसा भने बटुल्यो ।

यो पनि-
८० सालका ५ हिट गीत : जनसंख्याभन्दा बढी ‘भ्युज’

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ७ : १० बजे

टी-२० विश्वकप खेल्ने ओमान टिमको घोषणा

काठमाडौं- ओमानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

यस्तो छ श्रम मन्त्रीद्वारा घोषित ‘श्रमाधान योजना’, सात कार्यक्रम प्रस्ताव

काठमाडौं – १३५औं अन्तरराष्ट्रिय श्रमिक दिवस (मे डे) अवसरमा श्रम,

सरकारी कामकाजी भाषा ऐन वैशाख २४ देखि लागू हुने

काठमाडौं– बागमती प्रदेशमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गरेको

पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं– सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो