पर्यटकका लागि नयाँ गन्तव्य भच्चेक (तस्बिरहरु) « Khabarhub

पर्यटकका लागि नयाँ गन्तव्य भच्चेक (तस्बिरहरु)


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोरखा जिल्ला पर्यटकहरूको लागि  नौलो गन्तव्य होइन । यहाँको इतिहास, मनासलु हिमाल र मनासलु सर्किट, विभिन्न जातीय संस्कृति तथा संस्कारले गोरखालाई विश्वमै चिनाएको छ । 

पछिल्लो समय सडक यातायातले जोडिएका गोरखा जिल्लाका विभिन्न गाँउमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढेको देखिन्छ । यसै सन्दर्भमा पर्यटकहरूका लागि नयाँ गन्तव्यको रुपमा विकास हुँदै गरेको छ, भच्चेक, बारपाक माछीखोला ट्रेक ।

गोरखा जिल्लाको अजिरकोट गाँउपालिका भच्चेकबाट सुरु गरि धार्चे गाउँपालिकाको माछिखोलामा पुगी अन्त्य हुने सो ट्रेक आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्य हुन्। 

सो ट्रेकमा भच्चेक बजार, मादले गाउँ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार, बारपाक, लाप्राक, गुम्दा, यामगाउँ, लप्सीबोट गाउँहरु पर्दछ । २०७२ सालको गोरखा भुकम्पले क्षति पुगेका यी गाँउहरुको अवलोकन गर्दै, स्थानीय उत्पादनको स्वाद लिँदै यात्रा गर्न सकिने सो रुटमा गुरुङ्ग संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न समेत सकिन्छ । 

 

  शब्द तस्विर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १२ : ३९ बजे

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन