नयाँ वर्षको महिमा : जोडी रोज्ने साइतदेखि ऋण तिर्ने भाकासम्म  | Khabarhub Khabarhub

नयाँ वर्षको महिमा : जोडी रोज्ने साइतदेखि ऋण तिर्ने भाकासम्म 


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

समयको गति कसैले रोकेर रोक्न सक्दैन । यसको गति सधैँ अविराम, अविरल छ । मान्छेहरू समयलाई घडी, पला, दिन, हप्ता, महिना वर्ष मानेर कसी लगाउँछन् । यसरी ३६५ दिन पूरा भयो भन्ने मापदण्डमा नयाँ वर्ष मान्छन् । अर्थात यो चक्र पूरा भएपछि अर्को दिन आउँछ । त्यही साइतलाई हामी नयाँ वर्षको संज्ञा दिन्छौं । हाम्रो देशमा विक्रम संवतलाई राष्ट्रिय संवत मान्ने प्रचलन छ । यसको मापन बैशाख १ गतेले गर्छ । विश्वका सर्वाधिक सङ्ख्याका देशहरूले जनवरी १ लाई नयाँ संवत मान्छन् ।  

नेपालीका लागि नयाँ वर्ष राष्ट्रिय चाड हो । यस दिन राम्रो लाउने, मिठो खाने, शुभकामना आदान प्रदान गर्ने प्रचलन रहेको छ । यस दिन सरकारले राष्ट्रिय पर्वकै रुपमा सार्वजनिक बिदा दिने गरेको छ । हामी जस्तै अरु देशका नागरिकले पनि नयाँ वर्ष धुमधामसाथ मनाउने गरेका छन् । कस्तो छ त उनीहरूको नयाँ वर्ष मनाउने शैली, त्यसबारे जानकारी लिऊँ । 

चीन: नयाँ वर्ष आउनु साता अगाडि देखि नै आतिशबाजी शुरु हुन्छ । यो आतिशबाजी सांस्कृतिक मान्यतामा आधारित छ । उनीहरु भान्छा घरमा देवता रहेको ठान्छन् । तिनै देवताले वर्षभरिका त्यस घरका गतिविधिको रेकर्ड राख्छन् । र नयाँ वर्षका दिन रेकर्ड बुझाउन आफूभन्दा माथिल्लो निकायमा जान्छन् । त्यही दिन उनी यथास्थानमा फर्कन्छन् । तिनै देवताको बिदाई र स्वागतका लागि आतिशबाजी गरिएको भन्ने कथन छ । नव वर्षमा चिनियाँहरू रातभर जागा बसेर आमाबाबु, गुरुप्रति आदरभाव प्रकट  गरी आर्शिवाद लिने र स्वादिष्ट भोजन ग्रहण गर्छन् ।

थाइल्याण्ड : नयाँ वर्षको उत्सवमा घरको सफा सुग्घर गर्नुका साथै रातको समयमा दीपावली गर्छन । बौद्ध धर्मालम्बीहरु बुद्ध गुम्बा, चैत्यमा गएर धार्मिक अनुष्ठान गर्दै विश्व शान्ति र भाइचाराको कामना गर्दछन् । यस अवसरमा ठाउँ अनुसारको मिष्ठान्न बनाएर एकापसमा बाँडचुँड गरेर खाने परम्परा छ । अझ गाउँ टोलमा छरछिमेकी, इष्टमित्र, नातागोता भेला भई सुगन्धित जल एक अर्कामा छरेर आमोदप्रमोदसाथ नयाँ वर्षको स्वागत गर्ने प्रचलन कायमै छ । 

इरान, इराक तथा खाडी मुलुक :  यी देशहरूमा नयाँ वर्षलाई ‘नौ रोज’ भनिन्छ । यस दिन गहुँ तथा जौको हरियो अंकुर भएको भाँडाको वरिपरि ऐना, फूल, मैनबत्ती र रोटी राख्छन् । यी चीजलाई उनीहरु शुभ संकेतको रुपमा ग्रहण गर्छन । राति दीपावली गरेर त्यसको प्रकाशमा नयाँ वर्ष भित्र्याएको घोषणा गर्छन् ।

इण्डोनेशिया नयाँ वर्षलाई यहाँ ‘गाँलुगन’ भनिन्छ । त्यसदिन त्यहाँ मानिसहरू नयाँ लुगा पहिरिन्छन् । भोजभतेर गर्छन । एकापसमा बधाई तथा शुभकामना लेनदेन हुन्छ । 

जर्मनी : नववर्षको उत्सव अलि बेग्लै पाराले मनाइन्छ । पानीले भरिएको धातुको भाँडामा मुद्रा खसाएर त्यसको आकृति नियालेर भविष्यवेताहरुले विभिन्न मानिसका भविष्यवाणी गर्ने प्रचलन रहेको छ । 

स्कटल्याण्ड : नव वर्षको उत्सव मनाइरहेको बेला रातो वस्त्र लगाएको पुरुष या नारीको प्रवेश भएमा अशुभ ठानिन्छ । अग्ला चेहरा र कालो कपाल भएका मानिस त्यस दिन पाहुनाको रुपमा आए भने शुभ मानेर स्वागत सत्कार गर्ने परम्परा छ । 

बेलायत : नयाँ वर्ष थालनीपूर्व नै झिलिमिली बत्ती बालिन्छ । नयाँ लुगा लगाएर नाचगान निकालिन्छ । घडीले नयाँ वर्षको सूचना गर्नासाथ आतिसबाजी गरेर नयाँ वर्षको स्वागत र पुरानो सालको बिदाई गरिन्छ । क्यानडा र अमेरिकामा पनि नयाँ वर्षको स्वागत यही पारामा गरिन्छ । 

भारत : छिमेकी देश भारतमा ठाउँ अनुसार फरक फरक शैलीमा नयाँ वर्षको स्वागत गरिन्छ । भारतको बंगालमा नयाँ वर्षको अवसरमा देवीदेवताको मन्दिरमा पूजाआजा, सुरसंगीत, नाचगान गरिन्छ । कुमाउ, गढवालतिर नयाँ वर्षका दिन पहेँलो वस्त्र लगाएर मान्यजनसंग भेटघाट गर्ने चलन छ । आसाममा भने यसदिन पशुको पूजा गरिन्छ । पञ्जाबमा झाँगडा नृत्य निकालिन्छ । महाराष्ट्रमा घरको धूरीमा रेशमी ध्वजापताका सहित घर सजाइन्छ । काश्मिरमा देवदेवताको पूजा गरी विवाहित छोरीका घरमा मिष्ठान्न पठाइन्छ । विहारमा अन्नको बाला सजाएर सामूहिक गीत गाउने परम्परा अझै जीवन्त छ । 

जापान : नयाँ वर्षको अवसरमा हरिया वृक्षहरू घर वरिपरि सजाएर रोपिन्छ । शुद्ध जलको प्रयोगले घर चोख्याइन्छ । यस मान्यजनबाट आशिष थाप्ने र लिएको ऋण तिर्ने परम्परा छ । 

अस्ट्रेलिया : यस दिन शुभ वस्तुहरूको आदानप्रदान र उपहारको लेनदेनमा नयाँ वर्ष उपयोग हुन्छ ।

पोर्चुगल : यहाँ साँढे जुधाएर नयाँ वर्षको सुस्वागत गरिन्छ । साँढे जुधाएको मनोरञ्जन र त्यसैको रमाइलोमा खानपानलाई विशेष महत्व दिइन्छ । 

बर्मा : विश्व शान्ति र समृद्धिको लागि भगवान गौतम बुद्धको पूजा आराधना गरिन्छ । बर्मेली समाजमा नयाँ वर्षको पर्वलाई ‘विजान’ भनिन्छ । 

स्पेन : यो दिन कम्तिमा एक दर्जन अंगुर खानुपर्छ भन्ने मान्यता छ । 

अफ्रिका : नयाँ वर्षका दिन अफ्रिकी संस्कृतिको प्रचलनमा विवाह योग्य युवायुवतीले जोडी रोज्ने दिन हो ।  

 

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १ : ३४ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले