नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी « Khabarhub

नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पर्वत– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् । पहाडीले निकटतम् प्रतिद्वन्द्वी पदमपाणि शर्मा भन्दा एक सय २१ मत बढी प्राप्त गरेका हुन् ।

पहाडीले दुई सय ४८ मत प्राप्त गरे भने शर्माले एक सय २७ मत मात्र प्राप्त गरेका छन् । त्यसैगरी, उपाध्यक्षमा विमल लामिछाने, सचिवमा सुवासचन्द्र पौडेल, उपसचिवमा चण्डीप्रसाद भुर्तेल र महिला उपसचिवमा विन्दु अधिकारी निर्वाचित भएका छन्  ।

सदस्यहरूमा अधिकांश पहाडी समूहका उम्मेदवार विजयी भएका छन् । पहाडीलाई कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री पदम गिरीको समर्थन थियो । 

अन्य पदमा सर्वसम्मत भए पनि २७ पदमा निर्वाचन भएको थियो । सहमतिको प्रयास असफल भएपछि अन्ततः मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिएको हो । 

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  २ : ५९ बजे

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा

विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन

नुवाकोट पुगे प्रधानमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री लम्साल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्

विपद व्यवस्थापनका लागि सर्वदलीय बैठकको १० बुँदे साझा संकल्प

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका