जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, सरकारबाट बाहिरिने तयारी « Khabarhub

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, सरकारबाट बाहिरिने तयारी


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे ज्यापु प्रज्ञा भवन च्यासलमा  बस्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

बैठकले पार्टीको फुट, समसामयिक राजनीति, महाधिवेशन तयारीलगायत विषयमा छलफल गरी आवश्यक निर्णय लिने जनाइएको छ ।

अशोक राईको नेतृत्वमा सात जना संघीय सांसद अलगिएपछि जसपा नेपालको राजनीतिक परिवेश फेरिएको छ । यसको असर प्रदेश हुँदै केन्द्रमा समेत आइपुगेको छ ।

मधेस प्रदेशमा जसपा नेपालका सरोज यादव नेतृत्वको सरकारबाट आईतबार माओवादी केन्द्र र एमाले बाहिरिए पछि पार्टी अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई केन्द्रीय सरकार छाड्नु पर्ने नैतिक बाध्यता आइपरेको छ ।

यो परिस्थितिमा संघीय सरकारमा रहने वा नरहने भन्ने विषयमा आजको बैठकले औपचारि निर्णय गर्ने प्रवक्ता सुमनले बताए । यद्यपि आइतबार बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिनुका साथै समर्थन फिर्ता लिने निर्णय गरिसकेकाे छ ।

उपप्रधानमन्त्री यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राजीनामा दिन दिइसकेकाे बुझिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले पार्टी जसपा नेपाल फुटाइदिएको यादवको जिकिर छ । उनले सार्वजनिक कार्यक्रमहरुमै एमाले र माओवादीले पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ९ : ३७ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु