कोशीमा कांग्रेस दलको बैठक, मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रदेश सभा बहिष्कार गर्ने « Khabarhub

कोशीमा कांग्रेस दलको बैठक, मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रदेश सभा बहिष्कार गर्ने


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेपाली कांग्रेस संसदीय दल कोशी प्रदेशको बैठक शुरु भएको छ ।

दलको कार्यालयमा केन्द्रीय प्रतिनिधि मीन विश्वकर्माको उपस्थितमा बैठक शुरु भएको हो।

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्ति गरेको विषयलाई लिएर निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेको अवस्थामा यो बैठकले रणनीति बनाउने छ ।

मुख्य मन्त्री हिक्मत कार्कीले सोमबार नै विश्वासको मत लिने कार्यसूची छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । तर अहिलेसम्म प्रदेशसभा शुरु हुन सकेको छैन।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ। कोशीमा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।

जसमा माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपाले मुख्यमन्त्ती कार्कीलाई विश्वासको मत दिने निर्णय गरेका छन्। राप्रपा भने तटस्थ बस्ने निर्णय गरेको छ।

कार्की संविधानको धारा १६८ उपधारा ५अनुसार वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमालेका ३९ र माओवादीका १३ सांसदको समर्थन छ ।

तर निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

उक्त रिटमा अदालतले अन्तरिम आदेश नदिए पनि जेठ ९ गते पूर्ण सुनुवाइका लागि पेसी तोकेको छ ।

मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध परेको रिट सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा कार्कीले विश्वासको मत लिन लागेको भन्दै नेपाली कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार तयारी गरेको छ ।

यस विषयमा निर्णय गर्न कांग्रेसले बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको थियो । साढे ४ घण्टापछि बैठक शुरु भएको हो।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १२ : ३५ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु