कोशीबाट एमालेसँग हिसाब मिल्दा सुदूरपश्चिमका सोडारी ढुक्क, जेठ ३ गते विश्वासको मत लिने « Khabarhub

कोशीबाट एमालेसँग हिसाब मिल्दा सुदूरपश्चिमका सोडारी ढुक्क, जेठ ३ गते विश्वासको मत लिने


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी प्रदेशमा एमालेका मुख्यमन्त्री हिक्मत कार्कीलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई राहत भएको छ ।

कोशीमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई आफ्नो अडान त्याग्दै केन्द्रको निर्देशनअनुसार वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई समर्थन गर्न तयार भएपछि सोडारी ढुक्क भएका हुन् ।

गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले यसअघि सुदूरपश्चिम प्रदेशमा दुई पटकसम्म विश्वासको मत लिने जमर्को गरे ।

तर केन्द्र सरकारविरुद्ध अध्यक्ष माधव नेपालको गतिविधिले रुष्ट एमाले अध्यक्ष केपी शर्मा ओलीले सोडारीलाई तत्कालै विश्वासको मत नदिन निर्देशन नै जारी गरे ।

मुख्यमन्त्री सोडारीले गत २० वैशाखमा विश्वासको मत लिन खोजेका थिए, तर एमाले तयार भएन । एमालेको अडानका कारण विश्वासको मतका लागि बोलाइएको प्रदेश सभा बैठक २१ गतेलाई सारियो । वैशाख २१ मा पनि आफूहरूसँग छलफल नगरी मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेको भन्दै एमाले मानेन । २१ गते पनि प्रदेश सभा बैठक बस्न नसक्दा सोडारीको विश्वासको मतको योजना तुहियो ।

यता कोशी प्रदेशमा एमालेका कार्कीलाई एकीकृत समाजवादीका ४ सांसदले सोमबार विश्वासको मत दिन लागेका हुन् । समाजवादीको यो निर्णयसँगै कार्कीको पक्षमा उभिने सांसदको संख्या ५७ पुगेको छ ।

कोशीमा एमालेका हिक्मत कार्कीको पक्षमा समाजवादी उभिएसँगै सुदूरपश्चिचका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिन लागेको पूर्व अर्थमन्त्री नरेश शाहीले खबरहबलाई बताए । उनले भने, ‘हामी जेठ ३ गते विश्वासको मत लिँदै छौँ ।’

सुदूरपश्चिम एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले अब सोडारीलाई विश्वासको मत दिने बताए । ‘उहाँहरूलाई हाम्रो साथ छ । ४ गतेसम्म समय छ । हाम्रा साथी दमनजी बुवाको काजकिरियाकमा भएकाले वैशाखमा दिन पाइएन’, उनले भने ।

मुख्यमन्त्री सोडारीले पनि एकदुई दिनभित्रमै विश्वासको मत लिने खबरहबलाई बताए । उनले भने, ‘मलाई सहज छ । अब एक दुई दिनमै विश्वासको मत लिन्छु ।’

सत्ता गठबन्धनमै रहेर पनि ओली र नेपालबीच अझै सुमधुर सम्बन्धन बन्न सकेको छैन । यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै नेतासँग छलफल गरेर प्रदेशमा सहज वातावरण बनाएका हुन् ।

आइतबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डले कोशी र सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल गरेका थिए । त्यसपछि ओलीले कोशीमा एमालेलाई एकीकृतले सघाएपछि सुदूरपश्चिममा पनि सोडारीलाई सघाउने बताएका थिए ।

यससँगै सत्ता गठबन्धन नेताबीचको तनाव पनि केही कम भएको छ । उता मधेसमा पनि तत्काललाई जनमतलाई नभित्र्याएर एमाले नेतृत्वकै सरकार बनाउने बाटो खोलिएको छ ।

कोशीमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई पार्टीको पोलिटब्युरो बैठकका लागि काठमाडौं आएका छन् । यस्तोमा अध्यक्ष नेपालले राईलाई विज्ञप्ति नै निकाल्न लगाएर एमालेका कार्कीलाई विश्वासको मत दिने निर्णय गर्न लगाएका छन् ।

आफू अप्ठेरोमा परेको भन्दै सोडारीले पनि कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन राईलाई काठमाडौंमा भेटेर आग्रह गरेका थिए । त्यसपछि एमालेसँग एक चरण कुरा गरेपछि सहमति भएको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १ : २७ बजे

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

सुनसरी– कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२–८३ मा जेठ महिनासम्म

रास्वपा महाधिवेशनमा आज बन्दसत्र हुँदै, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्दसत्र

फोटो लाइब्रेरीले खिचेको तोसिमा कार्कीको फोटोमा कसले गर्‍यो छेडखानी ?

काठमाडौँ – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम