अनमोल र सन्तोषको भेट : अर्को वर्षका लागि माहोल « Khabarhub

अनमोल र सन्तोषको भेट : अर्को वर्षका लागि माहोल


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता अनमोल केसी र निर्देशक सन्तोष सेनको एक साता अगाडिको भेट अहिले चर्चामा छ । उनीहरुबीच काठमाडौंमा भएको भेटले सहकार्यको चर्चा समेत सतहमा आएको छ । 

तर, अहिले यी दुवै चलचित्रकर्मी व्यस्त छन् । निर्देशक सेन अभिनेता विराज भट्टका छोरा समीरको डेब्यु फिल्म ‘बलिदान’ छायांकनको पूर्व तयारीमा छन् । पूर्वमा सो फिल्मका लागि भव्य सेट तयार भइरहेको छ । उनको यो महत्वकाङ्क्षी योजना हो । जुन आगामी दशैँमा प्रदर्शनमा आउने बताइएको छ । 

छड्के–२ को असफलतापछि धेरै विचार गरेर फिल्ममा अनुबन्ध भएका अनमोलको ‘फर्कीफर्की’ प्रदर्शनको सङ्घारमा छ । जेठ १० बाट प्रदर्शनमा आउने सो फिल्मको प्रचारमा उनी व्यस्त छन् । त्यस लगत्तै ‘जेरी’को दोस्रो शृंखला ‘जेरी अन टप’को छायांकनमा निस्कन उनी तयार छन् । 

खबरहबलाई प्राप्त जानकारीअनुसार अनमोल जेठ २० गते ‘जेरी अन टप’को छायांकनमा निस्किसक्ने छन् । अर्थात् यी दुईबीच तत्काल सहकार्य हुने देखिदैन । तर अर्को वर्षका लागि सहकार्यको माहोल तयार गर्न सेनको अनमोलसँग भेट भएको बुझिएको छ । 

निर्देशक सेन ‘बलिदान’ पछि एक ऐतिहासिक फिल्म निर्माण गर्ने योजनमा छन् । अनमोललाई ‘जेरी अन टप’पछि यस फिल्ममा अनुबन्ध गर्न उनीहरूको भेट भएको बुझिएको छ । 

निर्देशक सेन भन्छन्, ‘तिब्बत र नेपालको सम्बन्धको फिल्म बनाउने सोचमा हो । त्यसको लागि अनमोलसँग कुरा भएको हो ।’

यद्यपि अनमोलले त्यो फिल्मका लागि लिखित सम्झौता गरेका छैनन् । सेनका अनुसार सो फिल्ममा काम गर्न अनमोल सकारात्मक छन् । उनी भन्छन्, ‘जेन्टलमेन समहति भएको छ भन्दा हुन्छ ।’

लिखित सम्झौता भएको अवस्थामा सेन यस फिल्ममा अनमोललाई लिएर आगामी वर्षको सुरुवातीमै छायांकनमा निस्कने योजनामा छन् । 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १ : ५३ बजे

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण