देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा  « Khabarhub

देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा 


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । 

नगरभित्रका खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि आइतबार देवचुलीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो । नगरपालिका खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख हरिप्रसाद न्यौपानेले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरेका हुन् । 

नगरपालिकामा आर्थिक वर्ष २०८०-८१ मा वडा नं १ देखि १७ सम्मका १५ महिना  मुनिका आठ सय ७६ बालबालिकालाई पूर्ण खोप लगाइएको छ । त्यस्तै आर्थिक वर्ष २०७९-८० मा वडा नं १ देखि १७ सम्मका १६ महिनादेखि ५९ महिना मुनिका दुई हजार चार सय सात बालबालिकालाई खोप लगाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताए। 

नगरपालिकामा रहेका एउटा नगर अस्पताल, तीन स्वास्थ्य चौकी, १२ आधारभूत स्वास्थ्य सेवा केन्द्र, २१ खोप केन्द्रबाट २० जना खोप कार्यकर्ताले पालिकाका सबै बालबालिकालाई खोप लगाउने कार्यक्रम पूरा गरिएको जनाएका छन् । 

नगरपालिका खोप समन्वय समितिका संयोजकसमेत रहेका नगरप्रमुख हरिप्रसाद न्यौपानेले खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिका खोपबाट कहिल्यै बञ्चित हुन नहुने बताए। उनले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन नगरपालिका प्रतिबद्ध रहेको जनाउँदै यसमा स्वाथ्यकर्मीको सबैभन्दा महत्वपूर्ण भूमिका रहने बताए । 

यस पालिका विसं २०७० चैत १२ मा पहिलोपटक पूर्ण खोप नगर घोषणा भएको थियो । पालिकालाई हालसम्म पूर्ण खोप नगरपालिकाको सुनिश्चितता एवं दिगोपनालाई निरन्तरता दिइरहेको छ । आगामी वर्षमा पनि यस कार्यलाई निरन्तर राख्न स्थानीय सरोकारवालाले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् । 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  २ : ३३ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु