दैलेखमा बिजुलीको पोल बोकेको ट्याक्टर दुर्घटना, मृतकको संख्या तीन पुग्यो « Khabarhub

दैलेखमा बिजुलीको पोल बोकेको ट्याक्टर दुर्घटना, मृतकको संख्या तीन पुग्यो


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

दैलेख- गएराति भएको ट्याक्टर दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।बिजुलीको पोल बोकेर गइरहेको ट्याक्टर कच्ची सडकमा भार थेग्न नसक्दा दुर्घटनामा परेको थियो ।

जिल्लाको बस्नेपाटीदेखि खर्च्यागैरा जाने क्रममा भे १ त ८९६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका-६ ढाँडस्थित जंगलमा दुर्घटना भएको हो ।

दुल्लु नगरपालिका-६ खर्च्यागैराका ५५ वर्षका मान बहादुर रावतको दुर्घटनास्थलमै मृत्यु भएको छ । अन्य घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो।

घाइतेहरूमध्ये दुल्लु-६ बस्ने ५६ वर्षीय कमारो रावल र चालक कमल शाहीको सुर्तेमा उपचारका क्रममा मृत्यु भएको हो।

दुल्लु –६ का ४८ वर्षीय दानबहादुर रावल, ६० वर्षीय छविलाल रावल, ३४ वर्षीय प्रेमबहादुर रावल, ३१ वर्षीय ललित खड्का घाइते छन्।

 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ४ : ४१ बजे

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता

सानातिना विवादमा गोली चल्नु सुरक्षा संयन्त्रको कमजोरी हो : खुस्बु ओली

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन

काठमाडौँ– नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन गरिँदैछ । नागढुङ्गा सुरुङमार्ग