भारतको जयपुरका विद्यालयमा बम पड्काउने धम्की « Khabarhub

भारतको जयपुरका विद्यालयमा बम पड्काउने धम्की


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– पश्चिमी भारतको जयपुर सहरमा कम्तीमा चार विद्यालयमा सोमबार बमको धम्की आएको छ । धम्कीपछि विद्यालय प्रशासनले विद्यार्थीहरू बाहिर निकालेर प्रहरीलाई बोलाएको छ । 

इमेलमा प्राप्त धम्कीमा विद्यालय परिसरमा विस्फोटक पदार्थ राखिएको दाबी गरेको थियो । धम्की आएपछि प्रहरीले बम खोजी गर्न विद्यालयमा डिस्पोजल स्क्वाडस्निफर कुकुरहरू पठाएको छ ।

तर अहिलेसम्म शंकास्पद केही पनि फेला परेको छैन । प्रहरीका अनुसार उक्त धम्की अफवाहजस्तो देखिन्थ्यो ।

जयपुरका पुलिस प्रमुख बिजु जर्ज जोसेफले चारदेखि पाँच विद्यालयमा बमको धम्की आएको जानकारी दिए। 

इमेल प्रेषकको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आइतबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रिय राजधानीका धेरै अस्पतालमा इमेलहरूमा बमको धम्की प्राप्त भएको थियो । 

यसै महिनाको सुरुमा भारतको राजधानी क्षेत्र दिल्लीका एक सयभन्दा बढी विद्यालयले यस्तै सन्देशहरू प्राप्त गरेका थिए । यसबाट त्रास बढेको छ।

सन् २०२३ डिसेम्बरमा दक्षिणी भारतीय सहर बेङ्गलुरूका दर्जनौँ विद्यालयमा बमको धम्की आएको थियो । पछि ती धम्की अफवाह साबित भएका थिए । 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ५ : ०५ बजे

जेनजीका नाममा सरकारी कार्यालयमा आगजनी : पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ 

विराटनगर– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न

पेनाल्टीको अवसरले हारबाट जोगियो रियल म्याड्रिड

काठमाडौं – सुरुवाती अग्रता लिएको गिरोनाविरुद्ध पेनाल्टीको अवसर पाएसँगै रियल