भारतको जयपुरका विद्यालयमा बम पड्काउने धम्की « Khabarhub

भारतको जयपुरका विद्यालयमा बम पड्काउने धम्की


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– पश्चिमी भारतको जयपुर सहरमा कम्तीमा चार विद्यालयमा सोमबार बमको धम्की आएको छ । धम्कीपछि विद्यालय प्रशासनले विद्यार्थीहरू बाहिर निकालेर प्रहरीलाई बोलाएको छ । 

इमेलमा प्राप्त धम्कीमा विद्यालय परिसरमा विस्फोटक पदार्थ राखिएको दाबी गरेको थियो । धम्की आएपछि प्रहरीले बम खोजी गर्न विद्यालयमा डिस्पोजल स्क्वाड र स्निफर कुकुरहरू पठाएको छ ।

तर अहिलेसम्म शंकास्पद केही पनि फेला परेको छैन । प्रहरीका अनुसार उक्त धम्की अफवाहजस्तो देखिन्थ्यो ।

जयपुरका पुलिस प्रमुख बिजु जर्ज जोसेफले चारदेखि पाँच विद्यालयमा बमको धम्की आएको जानकारी दिए। 

इमेल प्रेषकको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आइतबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रिय राजधानीका धेरै अस्पतालमा इमेलहरूमा बमको धम्की प्राप्त भएको थियो । 

यसै महिनाको सुरुमा भारतको राजधानी क्षेत्र दिल्लीका एक सयभन्दा बढी विद्यालयले यस्तै सन्देशहरू प्राप्त गरेका थिए । यसबाट त्रास बढेको छ।

सन् २०२३ डिसेम्बरमा दक्षिणी भारतीय सहर बेङ्गलुरूका दर्जनौँ विद्यालयमा बमको धम्की आएको थियो । पछि ती धम्की अफवाह साबित भएका थिए । 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ५ : ०५ बजे

सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ ।

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ